ललितपुर । नेपाल र भारतबीच मित्रवत् सम्वन्ध अझै सुदृढ गर्न पर्यटन क्षेत्रमा सक्रिय महिला उद्यमीलाई सम्मान गरिने भएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा पलेटिज होलिडेले नेपाल र भारतका पर्यटन क्षेत्रमा सक्रिय महिलाहरुलाई सम्मान गर्ने भएको हो ।
पर्यटनका विभिन्न विधामा सकृय ६ महिलालाई ‘टुरिजम इन्टरप्रेनर्स इन्टरनेशनल वुमेन अवार्ड २०१९, भ्वाइसेज एण्ड भिजन्स’ को आयोजना गर्दै सम्मान गरिने पलेटीले जानकारी गराएको छ ।
ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा पलेटिज होलिडेका अध्यक्ष किशोर घिमिरेले सम्मान नेपाली पर्यटन विधाका तीन महिला र भारतीय पर्यटन क्षेत्रका तीन महिला उद्यमीलाई सम्मान गरिने जानकारी दिए ।
यो कार्यक्रम भ्वाइसेज एण्ड भिजन्स नेपालमा पहिलो पटक हुन लागेको बताइयो । भौगोलिक रुपमा मात्र नभई अध्यात्मिक र भावनात्मक तवरमा पनि भारतसँग नेपाल सम्बन्धित छ । यो अभियानमार्फत नेपाल भारतबीचको सम्बन्ध अझै बढि प्रगाढ र दिगो बन्ने विश्वास घिमिरेद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।