site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कुलमानका दुई ‘सारथि’को बिदाइ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यको कार्यकाल सकिएको छ । प्राधिकरण सञ्चालक समिति सदस्य रहेका भक्तबहादुर पुन र कपिल आचार्य कार्यकाल सकिएको हो ।

यही पुस २ गतेदेखि आफूहरूको कार्यकाल सकिएको पुनले बाह्रखरीलाई जानकारी दिए ।

Argakhachi Cement Island Ad

डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता रकम उठाउने विषयमा कार्यकारी निर्देशक कुलमान घिसिङको ‘सारथि’ बनेका दुवै सञ्चालकलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गएको साउन १८ गते स्पष्टीकरण सोध्दै बर्खास्त गरेका थिए । तर, पछि सर्वोच्च अदालतले पुनर्बहाली गरेको थियो ।

डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नबुझाएसम्म लाइन जोड्न नहुने अडान राखेपछि उनीहरूलाई मन्त्री खड्काले स्पष्टीकरण सोधेका थिए ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १३:०२
प्रतिक्रिया दिनुहोस्