site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पर्यटन उद्यमीलाई एनएमबि बैंकको डिजिटल वित्तीय साक्षरता

काठमाडौं । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (यूएसएआईडी)सँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम एवं लघु, साना तथा मझौला उद्यम वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

एनएमबि क्यूआर लोनको जानकारीलगायत पर्यटन उद्यमीलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवा र मार्केटिङ प्रविधिबारे जानकारी गराउनमा उक्त कार्यक्रम केन्द्रित थियो ।

Argakhachi Cement Island Ad

कार्यक्रममा विभिन्न उद्योगबाट ८० भन्दा बढी उद्यमी सहभागी भई सक्रिय रूपमा छलफलमा संलग्न थिए । आउँदा दिनमा बैंकले अरू प्रदेशमा पनि यस्तै चेतनामूलक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गदै आएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्