site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रहरीसम्बन्धी विधेयक संघीयता विरोधी छैनः गृहमन्त्री थापा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्नका लागि संसदमा पेस भएको विधेयक संघीयता विरोधी नभएको जिकिर गरेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले विधेयक संघीयता विरोधी भएको भन्दै आपत्ति जनाएपछि गृहमन्त्री थापाले यस्तो बताएका हुन् । 
‘‘संघीयताविरुद्ध सरकारको कुनै नियत छैन । सरकार संघीयता कार्यान्वयनको पक्षमा नै छ,’’ सांसदहरुले बैठकमा उठाएका प्रश्नको जवाफमा उनले भने, ‘‘कानुनको निर्माता सरकार हुन सक्दैन । कानुनलाई सदनले नै निर्माण गर्ने हो । यो सरकारको प्रस्तावमात्रै हो । सरकारले विधेयक ल्याउने दायित्व पूरा गरेको छ ।’’
गृहमन्त्री थापाले संसदमा प्रस्तुत विधेयक आफैमा पूर्ण नभएको स्वीकार गर्दै संसदले परिमार्जन गर्न सक्ने बताए । ‘‘विधेयक पूर्ण छ र यसमा कुनै त्रुटी छैन भनेर सरकारले दाबी गर्दैन । विधेयक संघीयता विरुद्ध जाने जस्तो लाग्छ भने सच्याउने काम सदनको हो । कानुन बनाउने दायित्व सदनको हो ।’’
संघीयता युगान्तकारी उपलब्धि भएको जिकिर गर्दै उनले संघीयताको रक्ष ागर्ने दायित्व जनप्रतिनिधिहरुको भएको प्रष्ट पारे । संघीयता सबै देशहरुमा समान प्रकारको नहुने दाबी गर्दै गृहमन्त्री थापाले नेपालको संघीयताको परिकल्पना अन्य कुनै पनि मुलुकसँग नमिल्ने पनि बताए । उनले नेपालको संघीयताको मौलिकता फरक प्रकृतिको भएको बताउँदै संघीयता कार्यान्वयन गर्ने क्रममा मौलिकतालाई ध्यान दिनुपर्नेमा जोड दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement