site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धुर्मुस भन्छन् – नमुना नेपालको पैसा हामीसँगै छ, जनताको रंगशाला बनाउँछौं
SkywellSkywell

चितवन जिल्लामा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई आइतबार भरतपुरमा र्‍यालीका साथ स्वागत गरिंदै । तस्बिर : नारायण अधिकारी, चितवन, रासस


काठमाडौं । हास्यकलाकार सीताराम कट्टेल धुर्मुसले दुई वर्षभित्रमा जनताको रंगशाला बनाइछाड्ने प्रतिवद्धता दोहोर्‍याएका छन् । आइतबारै भरतपुर पुगेर रंगशालाको स्थलगत डीपीआर निर्माणको शुरूआत गरेसँगै धुर्मुसले लक्ष्यअगावै परियोजना सक्ने बताएका छन् ।

भरतपुर महानगरपालिका– १५ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेसँगै ‘नमुना नेपाल’ का लागि संकलित रह कहाँ गयो भनेर प्रश्न उठेपछि धुर्मुसले परियोजनाको पैसा सुरक्षित रहेको प्रष्टीकरण दिएका हुन् ।
बाह्रखरीसँग कुरा गर्दै धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष रहेका धुर्मुसले नमुना नेपाल परियोजना तत्कालका लागि स्थगित गरिएको बताए ।

Dabur Nepal
NIC Asia

क्रिकेट स्टेडियम परियोजना शुरूआत भएसँगै नमुना नेपाल परियोजनालाई लिएर कतिपयले प्रश्न उठाएको भन्दै उनले धुर्मुसले भने, “ललितपुरस्थित लेलेको खावाडाँडा भन्ने ठाउँमा १६ सय रोपनी जग्गाको हामीले सर्भेको काम सकेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काममा अगाडि बढिरहँदा नेपाली क्रिकेटले एक दिवसीय मान्यता प्राप्त गर्‍यो । तत्पश्चात हामीलाई चौतर्फी रूपमा नमुना नेपाल होइन क्रिकेट स्टेडियम बनाउनू भने सल्लाह–सुझाव र प्रतिक्रिया आयो । अतः हामी यता होमिएका हौँ ।”

“हामीले सामाजिक सञ्जाल मार्फत ‘नमुना नेपाल पहिला कि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पहिला ?’ भनेर प्रतिक्रिया समेत मागेका थियौँ । अधिकांशले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पहिला भनेर सुझाव दिइसकेपछि हामीले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण गर्ने घोषणा गरेका हौँ,” उनले बाह्रखरीसँग भने ।

क्रिकेट रंगशालाका लागि जग्गा प्राप्त गर्न निकै कठिनाइ झेल्नुपरेको उनको भनाइ थियो । रुपन्देही, पोखरा, हेटौँडा, काठमाडौँलगायतका ठाउँमा स्थलगत अध्ययन, अवलोकनका लागि दौडिएका थियौँ,” उनले त्यतिबेलाको क्षण सम्झिए,  “देशको केन्द्रभाग, भोलिका दिनमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू भइरहँदा सबैतिरका दर्शकहरूलाई पायक पनि पर्ने भएकाले भरतपुर महानगरपालिका वडा नं– १५, रामपुरको जग्गा उपयुक्त ठहरियो ।

नमुना नेपालको पैसा १३ लाख बाँकी

नमुना नेपालका लागि स्वदेश तथा विदेशबाट ३६ लाख ८६ हजार ३ सय ३१ रुपैयाँ ७४ पैसा संकलन भएको धुर्मुसको भनाइ छ । जसमध्ये प्रारम्भिक तयारी र सर्भेका लागि २३ लाख १४ हजार २ सय ११ रुपैयाँ खर्च भएको र फाउण्डेशनको खातामा १३ लाख ७२ हजार १ सय २० रुपैयाँ ७४ पैसा मौज्दात रहेको उनले जानकारी दिए । र, उक्त रकम नमुना नेपाल परियोजनाकै लागि खर्चने उनको प्रष्टीकरण छ । 

बरु, धुर्मुस सुन्तली फाउण्डेशनलाई मात्रै भनेर हालसम्म प्राप्त २ करोड ९ लाख २८ हजार ७ सय ८२ रुपैयाँ क्रिकेट स्टेडियमका लागि खर्चने उनले बताए ।

कोषमा रहेको उक्त रकम पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई खर्चेर निर्माण कार्यलाई अगाडि बढाउने निर्णय लिएका छौँ,” उनले भने, “यो नागरिक मिलेर बनाउने रङ्गशाला हो । र, यो जनताको रङ्गशाला पनि हो ।”

व्यापारिक परियोजना होइन

उनले निर्माण शुरू हुन लागेको रंगशाला व्यापारिक प्रयोजनका लागि नभएको पुनः प्रष्ट पारेका छन् । “७७ वटै जिल्लाबाट उत्कृष्ट खेलाडी छनौट गरी राष्ट्रिय खेलाडी उत्पादन गर्ने हाम्रो ध्येय हो । रंगशालाबाट प्राप्त मुनाफा तिनै खेलाडीहरूको स्तरोन्तीमा र रङ्गशालाको सञ्चालनमा खर्च हुनेछ । बाँकी सामाजिक काममा खर्चने समझदारी भरतपुर महानगरपालिकासँग गरिसकेका छौँ,” उनको स्पष्टीकरण छ ।

उनले निर्माण शुरू हुन लागेको रंगशाला देशकै गौरवको परियोजना भएकाले हातेमालो, सहकार्यका लागि सम्पूर्ण नागरिकसँग अपिलसमेत गरेका छन् । “जनताको प्रत्यक्ष सहभागितामा बनेको विश्वको पहिलो रङ्गशाला बनाउन उद्यत छौं । अब विकासका लागि सम्पूर्ण नागरिक एक हुनुपर्ने बेला आएको छ । यसले सिंगो देशलाई जोड्छ । त्यसैले यो राष्ट्रिय गौरवको परियोजना हो,” उनले सबैलाई सकारात्मक हुन अनुरोध समेत गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २०, २०७५  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu