site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कुकुर र मानिसबीचको यो अनौठो सम्बन्ध
Sarbottam CementSarbottam Cement

एजेन्सी । घरमा पालेको कुकुर मानिसलाई परिवरका अन्य सदस्य जत्तिकै प्यारो हुने गर्दछ । यसरी कुकुर र मानिसबीचको सम्बन्ध धेरै अगाडिदेखि सुरु भएको विश्वास गरिन्छ । मानिसले घोडा, गाई, कुखुरा लगायत अन्य जीवजन्तुहरु पनि धेरै अगाडिदेखि नै पाल्न सुरु गरेको थियो तर तिनीहरुबाट पाइने फाइदा नै हाम्रो पहिलो प्रथामिकता रहँदै आएको छ । यता कुकुरका लागि चाहिँ मानिसले निःस्वार्थ खर्च गर्ने गरेको पाइन्छ । 

अमेरिकामा मात्र कुकुर पाल्ने अधिकांश व्यक्तिले तिनका खाना, खेलाउना र स्वास्थ्य लगायतका कुरामा वार्षिक २ हजार डलर भन्दा बढी खर्च गर्ने गरेको पाइएको छ । सन् २००५ मा न्यु ओर्लन्समा आएको आँधी तुफानको समयमा पनि घरभित्र फसेका मानिसहरुले आफ्ना कुकुरबिना कतै नजाने अडान लिएका थिए जसपछि कंग्रेसले आपत्कालीन अवस्थामा कुकुर लगायत घरपालुवा जीवहरुलाई पनि स्थापित गराउने व्यवस्था मिलाउनु पर्ने नियम पारिद गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

यसरी मानव र कुकुरबीचको सम्बन्ध कहिलेदेखि सुरु भएको हो भन्ने निश्चित भन्न नसकिएपनि वैज्ञानिकहरुले करिब १४ हजार वर्ष अगाडिका अवशेषमा भने दुवैलाई साथमा फेला पारेका थिए । हाम्रो इतिहासका केही प्रचलित कथाहरुमा पनि कुकुरको नाम पटकपटक आउने गरेको छ । जस्तै अफ्रिकामा रुबुकालाई आगो ल्याउने कुकुरका रुपमा चिनिन्छ । यसैगरी वेल्सको इमान्दार कुकुर गलर्टको कथा पनि अझै लोकप्रिय मानिन्छ जसमा गलर्टले राजकुमारका छोरालाई स्यालबाट बचाएको थियो । त्यस्तै पहिलेका धनी परिवारहरुका चित्रमा पनि एउटा कुकुरको अनिवार्य उपस्थित देख्न सकिन्छ । 

यसरी अहिलेको मानवीय युगमा कुकुर पृथ्वीमा सबैभन्दा बढी सङ्ख्यामा रहेको स्थलीय मांसाहारी जीव हो । विश्वभर करिब ९० करोड कुकुरहरु छन् जसमा अमेरिकामा मात्र ८ करोड कुकुरका प्रजाति छन् । यसरी मानिस र कुकुर दुई अत्यन्तै फरक प्रजातिका प्राणी भएपनि दुईबीचको माया र सम्बन्ध आँफैमा अनौठो र अतुलनीय मानिन्छ । –टाइम 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  ०६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement