site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मेलम्ची आयोजना टुक्रायाएर ठेक्का लगाउने तयारी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको स्थलगत अवलोकन गर्न दातृ निकायसहित सरकारी टोली भोलि मेलम्चीतर्फ जाँदैछ । आयोजनामा काम गरिरहेको इटालीको सीएमसी कम्पनीसँग सरकारले ठेक्का रद्द गरेपछि नयाँ निर्माण कम्पनी खोज्ने सरकारको तयारी छ । 

अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा समय धेरै लाग्ने भएकाले स्वदेशी निर्माण कम्पनीलाई विभिन्न प्याकेज बनाएर बाँकी काम जिम्मा दिइने मेलम्ची खानेपानी विकास समितिले बताएको छ ।

“जतिसक्दो चाँडो बाँकी काम सक्ने हाम्रो तयारी छ । यसका लागि विदेशीभन्दा स्वदेशी निर्माण कम्पनी उपयुक्त देखिन्छ,” समितिका प्रवक्ता राजेन्द्र पन्तले बाह्रखरीसँग भने, “आयोजनाको बाँकी काम स्थलगत अवलोकन गरी उक्त टोलीले कतिवटा प्याकेजमा काम गर्न सकिने यकिन गर्ने छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

मेलम्ची खानेपानी आयोजनामा बाँकी रहेको कामको लागत १ अर्बभन्दा बढी रहेको अवस्थामा सरकारलाई अर्को नयाँ निर्माण कम्पनी खोज्ने जिम्मेवारी आएको हो ।
“अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा यसको प्रक्रिया लामो हुने भएकाले स्वदेशी निर्माण कम्पनी छनोट गरिने छ,” मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता पन्तले भने, “बाँकी रहेको कामलाई कति भागमा विभाजन गर्ने भन्नेबारे दातृ निकाय र सरकारबीच छलफल भएको छ ।”

हेडबक्स, टनेल मोनिटनेरिङ सिस्टम जडान, सुरुङ फिनिसिङ, भुइँ ढलान र भेन्टिलेसन निर्माणको बाँकी रहेका सबै काम गर्न लागत १ अर्ब रुपैयाँभन्दा बढी लाग्ने छ । 
यी काम एउटै प्याकेजमा काम गर्ने कम्पनी बोलाउन अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा ठेक्का प्रक्रिया लामो हुने हुँदा स्वदेशी निर्माण कम्पनी बोलाउने सरकारको तयारी छ ।

Global Ime bank

“बाँकी रहेका काम कतिवटा प्याकेजमा गर्ने र कतिवटा निर्माण कम्पनी बोलाउने भन्नेमा एशियाली विकास बैंक र मन्त्रालयबीच छलफल भइरहेको छ,” प्रवक्ता पन्तले भने ।

आयोजनाको बाँकी काम स्थलगत अवलोकन गर्न एशियाली विकास बैंक र मन्त्रालयको टोली भोलि मेलम्ची जाने कार्यक्रम रहेको मन्त्रालय स्रोतले बाह्रखरीलाई जानकारी दिएको छ ।

स्थलगत अवलोकनपछि मेलम्ची अयोजनामा कतिवटा प्याकेज बनाउन सकिनेबारे टुङ्गो लाग्ने छ । समय र झण्झट कम लाग्ने गरी आयोजनाको नयाँ टेन्डर आह्वान गरिने प्रवक्ता पन्तले बताए ।

हाल मेलम्ची नदीछेउ हेडबक्स निर्माण, ८ सय ८५ मिटर सुरुङ फिनिसिङ गर्न र ४ सय १० मिटर सुरुङको भूइँ ढलान गर्न बाँकी छ । यस्तै सुरुङमा पानीको हावा बाहिर जानका लागि ३ वटा भेन्टिलेसनमध्ये एउटा बनिसकेको र २ वटा बन्न बाँकी छ । 

भेन्टिलेसनका लागि सुन्दरीजल र सिन्धुमा सुरुङ ड्रिल गर्न बाँकी छ भने अम्बाथानमा भेन्टिलेसन निर्माण सम्पन्न भएको छ ।

यी सबै काम गर्न स्वदेशी निर्माण कम्पनी सक्षम रहेको आयोजनाको दाबी छ । टनेल मोनिटनेरिङ सिस्टम जडान गर्ने कम्पनी विदेशबाट ल्याउनुपर्ने प्रवक्ता पन्तले बताए ।

मेलम्ची आयोजनाबाट इटालीको उक्त कम्पनीसँग सरकारले ठेक्का रद्द गरे पनि उपआयोजना–२ को काम निरन्तर चलिरहेको छ । उपआयोजना–२ अन्तर्गत काठमाडौंमा पाइप बिछ्याउने काम भइरहेको छ ।

थोक प्रणालीअन्तर्गत ठूला पाइप ७५ किमिमध्ये ७१ किमि बिछ्याइसकिएको र वितरण सञ्जालअन्तर्गत सानो पाइप १ हजार २ सय किमिमध्ये १ हजार किमि बिछ्याइसकिएको उपआयोजना–२ कार्यालय प्रमुख तिरेशप्रसाद खत्रीले बताए ।

बाँकी रहेको काम स्वदेशी निर्माण कम्पनीलाई दिइने हुँदा कम्पनी छनोटमा धेरै समय खर्च नहुने र प्याकेजमा काम गर्ने हुँदा आयोजनाको काममा ढिलासुस्ती नहुने आयोजनाको दाबी छ । 
 
 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC