site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जुन विकल्प अपनाए पनि स्थानीय चुनाव अपरिहार्य 

अगिल्लो साता सरकारले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनलाई राजनीतिक स्तरमा छलफल गराउने निर्णय गरेको थियो । राजनीतिक स्तरमा छलफलको प्रारम्भै नगरी मन्त्रिपरिषद्को बिहीबारको बैठकले आयोगको प्रतिवेदन अध्ययन गरी सरकारलाई सुझाव दिन संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।

उता सरकारको सहयात्री संघीय लोकतान्त्रिक मधेसी मोर्चा भने आयोगको प्रतिवेदन कुनै पनि हालतमा कार्यान्वयन गर्न नदिने रणनीतिमा छ  । नेपाली कांग्रेसका नेताहरूले पनि आयोगको प्रतिवेदन कार्यान्वयन हुनै नसक्ने जनाउ दिइसकेका छन् ।

यसैगरी व्यवस्थापिका संसद्मा समेत आयोगको प्रतिवेदनमा बहस सुरु भएको छ । अधिकांश सभासद्ले आयोगको प्रतिवेदन व्यावहारिक नरहेको र कार्यान्वयनमा जटिलता आउने संकेत दिएका छन् । यी तमाम घटनाक्रम जिल्लाजिल्लाबाट आयोगको प्रतिवेदनमा नागरिकहरूको स्वःफूर्त विरोधका कारण भएका हुन् । बझाङको काँडा गाविसका बासिन्दाले सुरु गरेको प्रतिवेदनको विरोधले खोटाङ, बारा हुँदै नुवाकोटसम्म पुग्दा चर्को रूप लिएको छ ।  सबै राजनीतिक दलसँग संलग्न नागरिकले स्थानीय तहको सीमाङ्कनको व्यापक विरोध गरेका छन् । 
आयोगले सार्वजनिक गरेको विवरणअनुसार स्थानीय तहको संख्या ७१९ हुने प्रतिवेदनमा उल्लेख छ । तिनमा महानगरपालिका ४, उपमहानगरपालिका १२, नगरपालिका २४१ र गाँउपालिकाको संख्या ४६२ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै स्थानीय तहको संख्या तराईमा २४६ ( ३५ प्रतिशत ), पहाडमा ३४७ (४८ प्रतिशत ) र हिमालमा १२६ (१८ प्रतिशत ) छ । जिल्लागतरूपमा सबभन्दा धेरै स्थानीय तहको संख्या मोरङ्गमा १७ वटा, सर्लाही र रुपन्देहीमा १६÷१६ वटा, झापा, रौतहट र नवलपरासीमा १५÷१५ वटा र महोत्तरीमा १४ वटा छन् ।

सबभन्दा कम मनाङ्गमा तीनवटा, भत्तपुर र मुगुमा चार÷चारवटा र कास्की, मुस्ताङ्ग र रसुवामा पाँच÷पाँचवटा छन् । औसतरूपमा एउटा जिल्लामा नौ दशमलव ५९  करिब १० वटा स्थानीय तहको संख्या छ । हाल ३, १५७ गाविस र २१७ नगरपालिका गरी कुल ३, ३७४ स्थानीय निकाय छन् ।

Global Ime bank

यीमध्ये तराई, पहाड र हिमालमा क्रमशः ३३, ५२ र १५ प्रतिशत  छन् । साबिकसँग तुलना गर्दा तराई र पहाडमा क्रमशः दुई र चार प्रतिशतले कमी छ भने हिमालमा तीन प्रतिशतले बढी छ । प्रतिशतको आधारमा विश्लेषण गर्दा समग्रतामा खासै त्यति धेरै भिन्नता छैन । हिमाल, पहाड र तराईमा समानुपातिक तरिकाले संख्यामा कटौती गरिएको छ ।  
स्थानीय निकायको पुनर्संरचनाका लागि जनसंख्याको मापदण्डका कारण सर्वत्र विरोध भएको थियो । आयोगले पहिला हिमालमा गाँउपालिका हुन १५ हजार जनसंख्या हुनुपर्ने मापदण्ड तोकेको थियो । यसै गरी तराईमा ५० हजारको मापदण्ड थियो ।

पछि आयोगले यसलाई क्रमशः १३ हजार र ४० हजार वनायो । आयोगले पहाडका लागि साविकको २५ हजारलाई घटाएर २२ हजार बनायो । नगरपालिकाका लागि हिमाल, पहाड र तराईमा  साबिकमा क्रमशः २० हजार, ३५ हजार र ७५ हजार जनसंख्या हुनुपर्ने थियो ।

यसलाई पछि क्रमशः १७ हजार, ३१ हजार र ६० हजार बनाइयो । पुनर्संरचनाका अन्य मापदण्ड जस्तै सेवा प्रवाहको अवस्था, प्राकृतिक साधन र स्रोतको उपलब्धता, पूर्वाधार विकासको अवस्था, प्रशासनिक सुगमता, भाषिक, सांस्कृतिक, ऐतिहासिकजस्ता सामान्य सिद्धान्तलाई समेत पुनर्संरचनाको आधार मानिएन । राजनीतिक दलको सुझावका आधारमा मन्त्रिपरिषद्ले दिएको सुझावलाई समेत आयोगले त्यति ध्यान दिएन ।

ठूला÷ठूला पहाड, जंगल, नदी, प्रशासनिक तथा भौगोलिक जटिलता आदिका कारण यति नै जनसंख्या हुनुपर्छ भन्ने अवधारणा हाम्रोजस्तो भौगोलिक विकटता भएको मुलुकमा त्यति उपयुक्त हँुदैनथ्यो र भएन पनि । आयोगले विभिन्न मापदण्डका आधारमा जिल्लागत संख्या निर्धारण गरी जिल्लाको प्राविधिक समितिलाई नै अधिकार हस्तान्तरण गर्नुपथ्र्यो ।  

जिल्लाको प्राविधिक समितिलाई जिम्मा दिइएको भए जनसंख्या, भूगोल, स्थानीय आयको अवस्था तथा सम्भाव्यता, प्राकृतिक साधन र स्रोतको उपलब्धता तथा सम्भाव्यता, प्रशासनिक सुगमता÷दुर्गमता, पूर्वाधार विकासको उपलब्धता तथा सम्भाव्यता, विभिन्न जात÷जाति तथा भाषा÷भाषी आदिका आधारमा सन्तुलन मिलाएर आयोगमा पठाउने थिए । यतिनै जनसंख्या हुनुपर्छ भनी  निर्देशन दिइरहनुपर्ने आवश्यकता नै थिएन । दस हजार जनसंख्याको स्थानीय तह होस् वा एक लाखको त्यो स्थानीय नेतृत्वले नै निर्णय गर्ने थिए ।

सहभागितामूलक विधि भनेको पनि यही हो । प्रायः संसारका सबै देशमा हजार जनसंख्या आसपासका पनि स्थानीय तह छन् । हिमालजस्तो अति विकट स्थानमा पनि गाँउपालिका हुन १५ हजार वा १३ हजार जनसंख्या हुनुपर्ने भन्ने आयोगको मापदण्ड व्यवहारिका थिएन÷छैन ।

यसै गरी बाराका सांसद फरमुन्ला मन्सुरले संसद्मा भनेअनुसार आयोगले आफ्नो जनसंख्यासम्बन्धी मापदण्डमा पनि स्थिरता कायम गर्नसकेको छैन । उनका अनुसार बाराकै गाँउपालिकाको जनसंख्या ४० हजारभन्दा धेरै छ भने नगरपालिकाको जनसंख्या ३५ हजार छ । यसैगरी मन्सुरका अनुसार एक वर्षअगाडि गठन भएको नगरपालिकालाई उपमहानगरपालिका बनाइएको छ भने पूर्वाधार पुग्दा पनि वर्षौ पुरानो सदरमुकामको कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाइएन ।

मन्सुरका अनुसार बारामा मात्र हैन तराईका सबै जिल्लाका सन्दर्भमा आयोगको प्रतिवेदन पुनरावलोकन गर्नुपर्छ । झन्डैझन्डै उनैले भनेजस्तै डोटीका सांसद भरत खडकाले पनि प्रश्न गरेका छन् । उनका अनुसार आयोगले सेवा प्रवाहलगायतलाई ध्यान दिएन । दुर्गमता र विकासको स्तरलाई नै ध्यान नदिएको प्रतिवेदन कार्यान्वयन गर्दा जनताले थप दुख पाउने हुँदा मुलुकभर नै पुनर्संरचनाको काम पुनः गरिनुपर्ने उनको धारणा छ । 
खड्काले भनेजस्तै रोजगारीको अवसर, पुर्वाधारको विकास, सेवा प्रवाहलगायतका कारण मानिसहरूको आर्कषण ठूला÷ठूला सहरमा केन्द्रित छ । यो समस्या नेपालमा मात्र हैन संसारका प्रायः सबै देशमा छ ।

जनसंख्याको आर्कषण भएका नेपालका केही सहरहरूमा  दमक÷बिर्तामोड (झापा), धनकुटा,  विराटनगर (मोरङ्ग), धरान÷इटहरी (सुनसरी), लाहान (सिरहा), जनकपुर (धनुषा ), वीरगंज (पर्सा), हेटांैडा (मकवानपुर ), भरतपुर (चितवन ), काठमाडौं उपत्यका, पोखरा (कास्की ), बुटवल÷सिद्दार्थनगर (रुपन्देही), घोराही÷तुलसीपुर (दाङ्ग), नेपालगन्ज÷कोहलपुर (बाँके ), वीरेन्द्रनगर (सुर्खेत ), धनगढी÷टीकापुर (कैलाली ), भीमदत्त नगर (कच्चनपुर) आदि हुन् । यी सहरहरुमा जनसंख्याको चाप बढ्दो छ । वास्तवमा यस्ता सहर रहेका जिल्लामा  स्थानीय तहको संख्या कम भए पनि हुन्छ ।  सहरको राप, ताप र चापले वरपरका गाँउहरू सहर÷नगर बन्ने हुन् । साना÷साना नगर ठूला नगरमा समाहित हुने हुन् ।  

जुन स्थानको सामाजिक आर्थिक पूर्वाधारको अवस्था कमजोर छ त्यस स्थानमा स्थानीय तहको संख्या निश्चय पनि बढी चाहिन्छ । राज्यबाट उपलब्ध गराइने सेवा लिन सेवा केन्द्रमा पुग्न धेरै समय लाग्छ ।

सडक पूर्वाधार भएका स्थानमा सेवाग्राहीले निजी वा सार्वजनिक यातायात प्रयोग गरी सजिलै सेवा प्राप्त गर्न सक्छन । तर, सडक पूर्वाधार नै नभएको स्थानमा पैदल यात्राको सहारा लिनुपर्ने हुन्छ । तराईमा सामान्य सडक छ भने साइकलको प्रयोग गर्न सकिन्छ ।

तर, पहाड÷हिमालमा यो सम्भव छैन । जस्तो पूर्वाधार विकासमा कमजोर सुदूर पश्चिम र मध्यपश्चिमका पहाडी जिल्ला र प्रायः सबै हिमाली जिल्लामा स्थानीय तहको संख्या तुलनात्मकरूपले धेरै चाहिन्छ । सहरीकरणसम्बन्धी यस सिद्धान्तको समेत आयोगले ख्याल गरेन । तुलनात्मकरूपले संख्या अलि कम भए पनि पुग्नेजस्तो इलाम, मोरङ, झापा, रुपन्देही, दाङ, कैलाली, काभ्रेलगायतका जिल्लामा नै स्थानीय तहको संख्या आवश्यकभन्दा धेरै छ । भक्तपुर जिल्लाभन्दा मुगु ३० गुणा ठूलो छ । मुगुमा हालसालै मुस्किलले सडक पूर्वाधार पुगेको छ ।

मुगु र भक्तपुरको स्थानीय तहको संख्या बराबर (चार÷चार वटा ) छ । जिल्लाको कुनाकाप्चासम्म सडक यातायात पुगेको भक्तपुरका लागि  बरु एउटा स्थानीय तह बनाए पनि पुग्छ । तर भक्तपुर र मुगुलाई एउटै कोटीमा राखिनु हुँदैन । खँड्काका धारणा यस सन्दर्भमा उपयुक्त पनि छ । 
विद्यालय, स्वास्थ्य चौकी, कृषि केन्द्र, बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, पुलिस चौकी, हुलाक, टेलिफोन, खानेपानी, बजार, बस पार्कआदि जनताका प्रत्यक्ष सेवासँग सम्वन्धित संस्था हुन् ।

औसतरूपमा हिमाली जिल्लाका बासिन्दाले यस्ता सेवा लिन दिनभर हिँड्नु पर्छ । तराईमा यस्ता सेवा केन्द्रसम्म आधा घन्टामा नै पुग्न सकिन्छ । सेवा प्रवाहका बीचमा अहिल्यै ठूलो खाडल छ । आयोगको प्रतिवेदनले यो खाडललाई पुर्न सकेन । उल्टै, आयोगले त स्थानमा संख्या अलि कम भए पनि पुग्ने स्थानमा पो संख्या अलि धेरै निर्धारण गरेको छ ।

अलि धेरै चाहिने स्थानमा कम गरेको छ । मापदण्डमा नै त्रुटि भउका कारण यो समस्या देखिएको हो । यो समस्या त छँदैछ ।  पुनर्संरचना गर्दा स्थानीय स्तरमा व्यापक छलफलसमेत गरिएन । गहन छलफल भएको भए अहिले जिल्ला / जिल्लामा देखिएको विवाद नै नआउने  धारणा मन्सुर र खँड्काको छ । उनीहरूका अनुसार अहिले देखिएको विवाद सामन्य स्तरको मात्र हो ।

अधिकांश जनतालाई आफ्नो गाँउ तथा सहरको सीमांकनका बारेमा अहिले पनि थाहा छैन । आधिकारिक रूपमा प्रतिवेदन सार्वजनिकै भएको छैन । प्रतिवेदन सार्वजनिक भएपछि मात्र जनसाधारणले यस सम्बन्धमा थाहा पाउने हुन् ।  दुई नम्बर प्रदेशको सन्र्दभमा त कर्मचारी स्तरमा सामन्य छलफलमात्रै भएको छ ।

स्थानीय राजनीतिक दलका बीचमा छलफलै भएको छैन । 
वास्तवमा स्थानीय निकाय जनताको सबभन्दा नजिकको सरकार हो । बरु प्रदेशको सीमाङ्ककनमा स्थानीय जनताको खासै चासो हँुदैन  । तर स्थानीय निकायको सीमाङ्कन तथा नामाङ्कनमा स्थानीय जनताको भावनात्मक सम्बन्ध गाँसिएको हुन्छ ।

यो भावनात्मक सम्वन्धका दायरालाई बढाउने काम उनीहरुसँगको छलफलका आधारमा मात्र संभव छ । भावनालाई चोट पु¥यायो भने त्यसको नतिजा भयानक हुन्छ । केही सामान्य उदाहरण हालसालै केही जिल्लामा भएका घटनाले देखाएका छन् ।  यस्ता घटनाले मधेसवादी दललगायत प्रतिवेदन स्वीकार नगर्नेको मनोबलसमेत बढाएको छ । 

जे जस्तो भएपनि स्थानीय तहको संख्या र सीमाङ्कनको खाका तयार भएको छ । निश्चय पनि यसमा सुधार गर्नुपर्ने प्रशस्तै स्थान छन् । जग नै कमजोर भएपछि त्यसबाट धेरै आशा गर्नु निरर्थक हुन्छ । तर, अब हामीसँग समय छैन । प्रतिवेदनको कार्यान्वयन गरी स्थानीय तहको चुनावमा जानै पर्छ । यसमा देखिएका कमी कमजोरी सुधार गर्दै जाने हो । अब पनि प्रतिवेदनमा बहस थालियो भने नयाँ संरचनाअनुसारको चुनाव सम्भव छैन । यसले समग्र संविधान कार्यान्वयनको प्रक्रियालाई अवरुद्ध पार्छ । 

हाम्रा सामु सबभन्दा ठूलो चुनौती कर्मचारीसहित स्थानीय तहको खर्च व्यवस्थापन नै हो । हाल जनताले जुनजुन स्थानबाट सेवा प्राप्त गरिरहेका छन् ती सेवामा कटौती नहुने गरी कर्मचारी व्यवस्थापन हुनु आवश्यक छ । साबिकका ५८ नगरपालिकाबाट २१७ नगरपालिका हुँदा नै सरकारबाट जनताले धोका पाइसकेका छन् । अझै पनि सरकारले थप नगरपालिकाको व्यवस्थापन गर्न सकेको छैन ।

कैयांै नगरपालिकामा संयुक्त वडा कार्यालय राखिएको छ । वडा कार्यालयमा पर्याप्त कर्मचारीको व्यवस्थासमेत छैन । नगरपालिका बनाउदा जनतालाई बजेट धेरै आँउछ, माथिल्ला स्तरका कर्मचारी आँउछन्, सेवा प्रवाहमा बढोत्तरी हुन्छ भन्नेजस्था धेरै आश्वासन हामीले दियाँै । तर अहिलेसम्म जनताले प्रभावकारी तरिकाले सेवा प्राप्त गर्न सकेका छैनन् । यसैगरी अहिले पनि कैयांै गाविसको केन्द्रमा पुग्न जनतालाई दिनभर हिँड्न पर्छ । पुनर्संरचनापछि जनतालई थप दुई दिन हिँड्न प¥यो भने संघीयताप्रति नै जनताको नकारात्मक धारणा बन्छ ।

यस्तै अवस्था हुने हो भने प्रतिवेदन कार्यान्वयन गर्नुको कुनै अर्थ छैन । बरु साबिककै स्थानीय निकायलाई स्थानीय तह बनाएर चुनाव गराइदिए हुन्छ । निर्वाचित भएर आउने जनप्रतिनिधिले स्थानीय तहको पुनर्संरचना स्थानीय जनताको राय सल्लाहका आधारमा आफँै गर्छन् । तर यसका लागि पुनर्संरचनाको समयावधि तोकिनुपर्छ । यस क्रममा अहिलेको पुनर्संरचनाको प्रतिवेदन महत्वपूर्ण सन्दर्भ दस्तावेजका रूपमा रहन सक्छ । 

नेपालको संविधानको धारा ३०४ अनुसार दुई वर्षसम्म यी स्थानीय तहले साबिककै स्थानीय स्वायत्त शासन ऐनअनुसार काम गर्नेछन् । यसैगरी गाँउ पालिका र नगरपालिकाका निर्वाचित अध्यक्ष/उपाध्यक्ष र मेयर÷उपमेयरले राष्ट्रिय सभाका सदस्यका लागि पनि मतदान गर्न पाँउछन् । यो व्यवस्थाअनुसार मधेसवादी दल पनि चुनावमा आउने निश्चित प्रायः छ  ।

राजनीतिक दलहरूले यस विकल्पमा पनि छलफल चलाउन आवश्यक छ । पहिलो विकल्प आयोगको प्रतिवेदनको कार्यान्वयन नै हो । यो सम्भव नभएमात्र अर्को विकल्पमा जाने हो । कुन विकल्पमा जाँदा  मुलुकका लागि हित हुन्छ त्यसमा सरकारलगायत सरोकारवाला सबै गंभीर रूपमा लाग्नु जरुरी छ । जुन विकल्प अपनाए पनि स्थानीय चुनाव हुनु आवश्यक छ । 
devkotakl@gmail.com

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७३  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC