site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश नम्बर ५ को हिउँदे अधिवेशन बिहीबारबाट
Sarbottam CementSarbottam Cement

बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभाको हिउँदे अधिवेशन बिहीबारदेखि सुरु हुने भएको छ । करिब ४ महिनापछि हुन लागेको अधिवेशन कानुन निर्माणमा केन्द्रीत हुनेछ । 

१५ भन्दा बढी विधेयक स्वीकृत गरिसकेको प्रदेश सरकारले ४ वटा विधेयक प्रदेशसभामा दर्ता गरिएको प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए । प्रदेशसभा सचिवालयले जारी गरेको कार्यसूची अनुसार बिहीबार दिउँसो १ बजे बैठक सुरु भएपछि प्रदेश प्रमुख उमाकान्त झाले अधिवेशनको आह्वान गर्ने छन् । तर, आह्वान पत्र भने प्रदेश सभामुख पूर्णबहादुर घर्तीले सुनाउने छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

दोस्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखले प्रमाणीकरण गरेका विधेयकसम्बन्धी पत्रहरु सभामुख घर्तीले पढेर सुनाएपछि दलको तर्फबाट  प्रदेशसभाको बैठकमा सदस्यहरुले आफ्नो धारणा राख्नेछन् । 

बिहीबार नै प्रदेशसभामा कम्तीमा दुईवटा विधेयक पेस गरिने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । बैठकमा विशेषाधिकार समितिको सभापति र प्रदेश नम्बर ५ को नामाकरण र स्थायी राजधानी सम्बन्धी विषेश समितिको संयोजक चयन लगायतका विषयमा सभामुखले सभालाई जानकारी गराउने प्रदेशसभा सचिव मगरले बताए । 

Global Ime bank

प्रदेश नम्बर ५ मा प्रदेश राजधानी र नामाकरणका विषय लामो समयदेखि विवाद हुदा टुङ्गो लाग्न सकेको छैन ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  ०५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC