site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विवाह महोत्सवभन्दा योगीतिर ध्यान ! अजयमोहन बिष्टदेखि योगीसम्म
Sarbottam CementSarbottam Cement

काठमाडौं । विवादास्पद छबि भएका भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ निजी बिमान चढेर बुधबार जनकपुर आइपुग्ने भएका छन् । उनलाई जनकपुरस्थित विमानस्थलमा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्ने भएका छन् । त्यसपछि उनलाई जनकपुर मन्दिरमा विवाहमहोत्सव मूल समारोह समितिका प्रमुख तथा जानकी मन्दिरका महन्थ राम रोहन दासले स्वागत गर्नेछन् ।

योगीको नेपाल भ्रमणका क्रममा नेपाल र भारतमा चल्ने रेलको पनि योगीले उद्घाटन गर्ने चर्चा रहेकोमा त्यसको नेपालमा विरोध भएपछि अहिले त्यो कार्यक्रम स्थगन भइसकेको छ । भारतका प्रधानमन्त्रीलाई नै नेपाल भ्रमणको निम्तो प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएकोमा भारतका प्रधानमन्त्री मोदीले चुनावी व्यस्तताको कारण देखाउँदै आफ्नो प्रतिनिधिका रुपमा योगी आदित्यनाथलाई पठाउन लागेका हुन् । 

जानकी मन्दिरका महन्थ दासले बाह्रखरीसँगको कुराकानीमा भने, “यसपालिको विवाहमहोत्सव निकै नै उत्साहजनक हुने ठानेका छौं ।  भारतको उत्तर प्रदेशका मुख्यमन्त्री पनि आउने भएकोले यो निकै नै महत्वपूर्ण हुनेछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले मन्दिरमा पूजा गरेपछि योगीलाई प्रदेश २ काम मुख्यमन्त्रीको निवास रहेको मधेस हाउसमा भण्डाराको व्यवस्था गरिएको महन्थ दासले जानकारी गराए । योगीलाई बुधबार नै बाह्रबिगाहा रंगभूमि मैदानमा मन्दिरका तर्फबाट सम्मानका अतिरिक्त जनकपुर उपमहानगरपालिकाका तर्फबाट नागरिक अभिनन्दनको कार्यक्रमसमेत रहेको महन्थ दासले बताए । 

सो कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगीले सार्वजनिक रुपमा सम्बोधन पनि गर्नेछन् । मूल समारोह समितिका अध्यक्ष महन्थ दासका अनुसार सो कार्यक्रममा नेपालका तर्फबाट सम्भवतः मुख्यमन्त्री राउत, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर यादव र महन्थ दास स्वयमले सम्बोधन गर्नेछन् । 

Global Ime bank

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमण गरेको बेलामा प्रदेश २ का मुख्यमन्त्री राउतले जथाभावी बोलेको भनेर त्यतिबेला उनको आलोचनासमेत भएको थियो ।  विवाह महोत्सवको विविध कार्यक्रम यही मंसिर २१ गतेबाट सुरु भइसकेपनि मुख्य कार्यक्रम भने बुधबार हुँदैछ । 

सोही मुख्य कार्यक्रममा भाग लिन जन्ति भएर योगी आदित्यनाथ नेपाल आउन लागेका हुन् । 

जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश ढुंगानाले सरसफाई लगायतका सम्पूर्ण काम पूरा भइसकेको र विवाहमहोत्सव भव्य रुपमा सम्पन्न हुने बाह्रखरीसँगको कुराकानीमा जनाए । 

अजयमोहन बिष्टदेखि योगीसम्म

बुधबार जनकपुर आउन लागेका भारतको उत्तरप्रदेशका विवादास्पद मुख्यमन्त्री योगी आदित्यनाथ सन् १९७२ को जुन ५ मा जन्मिएका हुन् । उनको पहिलाको नाम अजयमोहन विष्ट हो । उनी भिक्षू हुन् । उनी सन् २०१७ को १९ मार्चदेखि उत्तर प्रदेशको मुख्यमन्त्रीका रुपमा कार्यरत रहेका छन् । 

भारतको हालैको विधानसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका अध्यक्ष अमित शाहसँगै योगी आदित्यनाथ पनि भाषण दिनका लागि देश दौडाहामा थिए । भाजपाले राज्य सभाको निर्वाचन जितेपछि उनी सन् २०१७ उत्तर प्रदेशको मुख्यमन्त्री भएका हुन् । उनी गोरखपुर संसदीय क्षेत्रबाट निर्वाचित भएका हुन् । सन् १९९८ देखि उत्तरप्रदेशको सो क्षेत्रबाट उनी निरन्तर रुपमा निर्वाचित हुँदै आएका छन् । 

उनी क्याम्पेनरका रुपमा समेत भारतमा चिनिन्छन् । आदित्यनाथ गोरखनाथ मठका पुजारी पनि हुन् । उनी आफ्ना गुरु योगी अवैद्यनाथको मृत्युपछि त्यहाँको प्रमुख भएका हुन् । गुरुको मृत्यु सन् २०१४ को सेप्टेम्बरमा भएको थियो । उनी हिन्दू युवा बाहिनीको पनि संस्थापक हुन् । जुन कतिपय समयमा जातीय हिंसाका घटनामा पनि संलग्न भएको पाइएको थियो । 

उनी क्षेत्रीय जातमा जन्मेका हुन् । उत्तर प्रदेशको गढवाल उनको जन्मस्थान हो । सो क्षेत्र अहिले उत्तराखण्डमा पर्दछ । उनका बाबु आनन्द सिंह बिष्ट वनका रेन्जर हुन् । उनी परिवारमा जन्मिएका दोस्रो सन्तान हुन् । उनका चार दाजुभाइ र तीन दिदीबहिनी छन् ।  हेमवती नन्दन बहुगुणा गढवाल युनिभर्सिटी उत्तराखण्डबाट उनले गणित विषयमा स्नातक पास गरेका छन् । 

उनले आफ्नो घर सन् १९९०को दशकमा छोडेका हुन् । उनी त्यसपछि अयोध्यामा राम मन्दिरलाई लिएर भएको आन्दोलनमा सरिक भए । त्यही बेलामा उनी महन्थ अवैद्यनाथको सम्पर्कमा आएका थिए । त्यही बेला उनी चेलो भए । अवैद्यनाथले  नै उनको नाम योगी आदित्यनाथ राखेका हुन् । उनी आफ्नो गाउँमा निरन्तर जाने गरेका छन् । सन् १९९८मा गाउँमा उनले एउटा स्कुलपनि खोलेका छन् ।

गोरखनाथ मठका पीठाधिश्वर
आदित्यनाथ आफ्नो २१ वर्षको उमेरमा परिवार छोडेर महन्थ अवैद्यनाथको सम्पर्कमा गएका थिए । उनी १२ सेप्टेम्बर २०१४ पछि त्यो मठको प्रमुख भएका हुन् । उनलाई त्यसपछि नाथ सम्प्रदायको चलनअनुसार सो मठको पीठाधिश्वर बनाइएको थियो । 

राजनीति
विज्ञहरुका अनुसार योगी आदित्यनाथले उत्तर प्रदेशको हिन्दू राज्यमा राम्रो पकड राख्छन् । उनलाई यसअघिका योगी दिग्वीजयनाथको पालाको ट्रयाक लिन खोजेको समेत भन्ने गरिएको छ । जसले अघिल्लोपटक सन् २२ डिसेम्बर १९४९ मा बाबरी मश्जिद् कब्जामा लिएका थिए । १९८० को दशकमा दिग्विजयनाथ र अवैद्यनाथ दुवै राजनीतिमा आएका थिए । उनीहरु संघ परिवारमा पनि सामेल थिए । आदित्यनाथलाई सन् १९९४ मा अवैद्यनाथको उत्तराधिकारीको रुपमा अगाडि सारिएको थियो । 

त्यसको चार वर्षपछि उनी लोकसभाको सांसद पदमा निर्वाचित भएका थिए । पहिलो पटक विजयपछि योगी आदित्यनाथले आफ्नै हिन्दू युवा बाहिनी खोलेका थिए । बाहिनीले त्यो बेला पूर्वी उत्तर प्रदेशमा हिंस्रक गतिविधि पनि सञ्चालन गरेको थियो ।  त्यस्ता गतिविधिमा संलग्नलाई टिकट दिइएको भनेर भाजपाभित्र पछि विवाद पनि भएको थियो । उनले २००६ मा नेपालका माओवादीसँग लिंक बनाएको र साथै उनले मधेशी नेतालाई माओवादीको विरोध गर्न लगाएको भन्ने कुरापनि चर्चामा आएको थियो ।

संसदको सदस्य
उनी १२ औं लोकसभामा सबैभन्दा कान्छो सांसदका रुपमा काम गरेका थिए । उनी त्यतिबेला २६ वर्षको मात्रै थिए । उनी गोरखपुरबाट सन् १९९८, १९९९, २००४, २००९ र २०१४ समेत गरी ५ पटक निर्वाचित सांसद हुन् । लोकसभामा उनको सहभागिता ७७ प्रतिशतसम्म रहेको थियो र उनले २८४ वटा प्रश्न सोध्नुका साथै ५६ वटा बहसमा भाग लिएका थिए  ।

आदित्यनाथको भाजपासँगको सम्बन्ध पनि पहिला राम्रो थिएन । उनले पहिला बिजेपीलाई ‘अन्डरमाइन’ गरेको भन्ने चर्चा रहेको थियो । उनले उत्तर प्रदेशमा आफ्नो एक्लो शक्ति स्थापना गरेपछि योगीको सम्पर्कमा थुप्रै मानिस गएका थिए । 
खासगरी हिन्दू बाहिनी र गोरखनाथ मठका कारण नै उनी चर्चामा आएका हुन् । उनले सुरुमा बीजेपीका आधिकारिक उमेदवारविरुद्ध उम्मेदवारी दिएका थिए । 

सन् २००२ मा हिन्दू महासभाको टिकटमा राधा मोहनदास अग्रवाललाई उठाए । त्यतिबेला उनले बीजेपीका नेता शिवप्रताप शुक्ललाई ठूलो अन्तरमा हराएका थिए । सन् २००७ मा आदित्यनाथले बीजेपीका विरुद्ध ७० जना उम्मेदवार उठाउने चुनौती दिएका थिए । पछि सहमति भएर उनी भाजपासँग मिलेका थिए । मार्च २०१० मा संसदमा महिलाको आरक्षण बिलमा संसदमा ह्वीप उल्लंघन गर्ने भाजपाका केही सांसदमा योगी पनि थिए । 

उनी उत्तर प्रदेशमा बीजेपीका लागि प्रदेश निर्वाचनमा महत्वपूर्ण अभियान चलाउनेमा परेका थिए । उनी त्यसपछि मुख्यमन्त्री नै निर्वाचित भए । मुख्यमन्त्री भएपछि उनले अवैध ‘स्लाउटर हाउस’ उत्तर प्रदेशमा बन्द गरे । उनी मुख्यमन्त्री भएपछि नै त्यो बन्द गरिएको हो । उनले ‘एन्टी रोमियो स्क्वाड’ पनि  बनाउन निर्देशन दिए । गाइको तस्करीमा बन्देज लगाए । तम्बाकु, पान, गुटखा जस्ता अम्मल सरकारी कार्यालयमा सेवन नगर्न  निर्देशन दिए । उनले सबै कर्मचारीलाई वर्षमा १०० घण्टा स्वच्छ भारत अभियानमा लाग्न  निर्देशन दिएका थिए । उनले फट्याईं गर्ने १ सय भन्दा बढी प्रहरीलाई उत्तर प्रदेशमा निलम्बन समेत गरेका थिए । 

उनी मुख्यमन्त्री भएपछि ३६ वटा मन्त्रालय राखे र उनी स्वयं गृह, हाउजिङ्ग योजना, राजश्व, खाद्यान्न र नागरिक सप्लाइ, खाद्य सुरक्षा, ड्रग एडमिनिस्ट्रेसन, आर्थिक र तथ्यांक जस्ता मन्त्रालय र निकाय आफू मातहत नै राखेर काम गरिरहेका छन् । 

उनको पहिलो मन्त्रिपरिषद् बैठकले सन् २०१७को अप्रिल ४मा ८७ लाख सामान्य किसानको ऋण मिनाहाको निर्णय गरेका थिए । उनीहरुको ऋण अमेरकी डलर ५ दशमलब १ बिलियन बराबरको रहेको थियो ।  उनी सन् २०२४को भारतको प्रधानमन्त्रीपदको उम्मेदवारको रुपमा समेत रहेको न्यूयोर्क टाइम्सले पहिले नै विश्लेषण छापेको थियो । 

३ जनवरी २०१६मा जब पठानकोटस्थित इण्डियन एर फोर्स बेसमा आतंकवादी हमला भएको थियो पाकिस्तानलाई उनले त्यतिबेला शैतानसँग तुलना गरेका थिए ।  उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ७ मुश्लिम राष्ट्रका जनतालाई अमेरिका छिर्न नदिने निर्णय गरेकोमा त्यसको  स्वागत समेत गरेका थिए । उनले भारतलाई पनि त्यस्तै खालको नीति अवलम्बन गर्न आग्रह गरेका थिए । 

विवादको अर्को नाम 
सन् २००५ मा मिडिया रिपोर्टमा जनाइएअनुसार आदित्यनाथ प्युरिफिकेसन डाइभमा लागेको चर्चा भएको थियो । जसमा १८ सय ईसाईलाई युपीको इटामा भन्ने स्थानमा धर्म परिवर्तन गराउन व्यस्त भएको उनीमाथि आरोप लागेको थियो ।

उनले त्यसबेला उत्तर प्रदेश र समग्र भारत हिन्दू राज्य नभएसम्म आफू पछि नहट्ने जनाएका थिए । जनवरी २००७ मा आदित्यनाथ धार्मिक द्वन्द्वमा मारिएका एक व्यक्तिको कार्यक्रममा गएकोमा पक्राउ परेका थिए । 

उनीसहित समर्थितलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई शान्ति खल्बल्याउने काम गरेको भन्दै पक्राउ गरिएको हो । उनका समर्थकले त्यतिबेला केही रेलका डिब्बा समेत जलाएका थिए । 

उनलाई गिरफ्तार गरेको भोलिपल्ट डिस्ट्रिक्ट मेजिस्ट्रेटलाई त्यहाँबाट हटाउनुका साथै स्थानीय प्रहरी प्रमुखलाई समेत हटाइएको थियो । सन् २००१ मा डकुमेन्ट्री फिल्म साफ्रोन वारमा हिन्दुत्वलाई कडा ढंगले प्रस्तुत गरिएको छ । त्यसको विरोध समेत भएको थियो । घृणाको अभिव्यक्तिबाट आदित्यनाथले अप्ठेरो पारेको आरोप लागेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  ०६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय