देश
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा चिसो ह्वात्तै बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानको काठमाडौंको तापक्रम ५ दशमलव ८ डिग्री सेल्सियस रहेको थियो ।
मंसिर पहिलो साताबाटै चिसो बढ्न थालेको महाशाखाले जनाएको छ ।
बुधबार भारतको जम्मु काश्मीर हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर चिसो बढ्दैछ भने छिटफुट वर्षा हुन सक्नेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०७५ ०७:३४
प्रतिक्रिया दिनुहोस्