site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्याकाण्ड : कञ्चनपुरबाट थप २ युवक पक्राउ, अनुसन्धानका लागि काठमाडौं ल्याइयो
Sarbottam CementSarbottam Cement

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगर–२ कि १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार–हत्यामा संलग्नताको आरोपमा थप दुईजना पक्राउ परेका छन् । कञ्चनपर प्रहरीले उनीहरु पक्राउ गरेपनि पहिचान भने गोप्य राखेको छ । उनीहरु चौधरी थरका युवा भएको स्रोतको दाबी छ तर पनि नाम भने बताइएको छैन । 

स्रोतका अनुसार उनीहरुलाई थप अनुसन्धानका लागि बिहीबार (आज) काठमाडौं ल्याइएको छ । उनीहरुमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को काठमाडौंस्थित टोलीले अनुसन्धान थाल्नेछ । यद्यपी कञ्चनपुर प्रहरीले भने कसैलाई पक्राउ नगरेको दाबी गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“केही शंकास्पद गतिविधिका कारण उनीहरुलाई पक्राउ गरिएको हो । अहिले नै उनीहरुको विषयमा थप अन्य कुरा आएका छैनन्,” यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाटै बुधबार कञ्चनपुरका २२ वर्षीय प्रदीप रावललाई पक्राउ गरेको थियो । 

रावल लागुऔषध प्रयोगकर्ता र यसअघि पनि अपराधिक पृष्ठभूमिमा संलग्न रहेका युवा भएको बताइएको छ । गत साउन ११ गते उखुबारीमा निर्मला मृत अवस्थामा फेला परेको दिनदेखि रावल कञ्चनपुरमा देखिएका थिएनन् । केही समयसम्म भारतमा बसेका रावल ५ दिनअघि मात्रै काठमाडौं आएको बेला प्रहरीले पक्राउ गरेको हो । उनलाई सीआईबीले आफ्नै हिरासत कक्षमा राखेर अनुसन्धान गरिरहेको छ । रावलको डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको छ । 

Global Ime bank

डीएनए रिपोर्ट शुक्रबारसम्म आउन सक्ने सम्भावना छ । कञ्चनपुर प्रहरीका एसपी कुवेरसिंह कडायतले भने यसबारे आफूलाई कुनै जानकारी नरहेको बताए । ‘‘हामी घटनाको अनुसन्धानमा भने जुटिरहेका छौं, दैनिक रुपमा शंकास्पद व्यक्तिसँग सोधपुछ गरिरहेका छौं । हालसम्म ९ जनाको डीएनए परीक्षण पनि गरेका छौं । अरु केही पनि अनुसन्धानको घेरामा छन्,’’ एसपी कडायतले भने । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले निर्मला हत्याकाण्डको अनुसन्धान साँघुरिँदै गएको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय