काठमाडौं । जाडोमा युवालाई भन्दा बालबालिका र बृद्धबृद्धालाई दम रोग देखिने गरेको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका छाति रोग विशेषज्ञ डा. निरज बमका अनुसार अन्य समयमा भन्दा जाडो मौषममा रुघाखोकीबाट दम रोगका बिरामीहरु बढ्ने गरेका छन् । धुलोधुवाका कारण स्वासप्रश्वास बढ्ने र रोगप्रतिरोधात्मक शक्ति कम भएका बालबालिका र बृद्धबृद्धामा जाडोमा दम बढ्ने गरेको पाइन्छ ।
“अन्य मौषममा भन्दा जाडो मौषममा धेरै धुलोका कणबाट संक्रमण हुने भएकाले यो समयमा एलर्जीका कारण दमका बिरामी पनि आउने गरेका छन्,” डा. बम भन्छन् “बालबालिका र बृद्धबृद्धामा जाडोमा स्वास लिन गाह्रो भएर दम देखिन्छ भन्ने युवाहरुमा धुलोले एलर्जीका कारण दम देखिन्छ । जुन केही समय देखिन्छ । धुलोबाट बचेमा ठिक हुन्छ ।”
साताका दुईदिनमा ४ सय जना दमका बिरामी आउने गरेको अस्पतालको क्रिटिकल विभागले जनाएको छ । नयाँ पुराना गरेर महिनामा १ हजार ६ सय जना दम रोगका बिरामी आउने गरेको विभागले जनाएको छ । दम विशेष गरेर २ प्रकारका हुन्छन् । एक प्रकारको दम कहिले हराउने र कहिले देखिने हुन्छ जुन एलर्जीको कारणले हुने डन्टोलाज्मा बढि देखिने गरेको छ । अर्को सीओपिटी जुन ४० वर्षभन्दा माथिका मानिसमा बढी देखिन्छ । जसले धुमपान बढि गर्छ धुलोधुवामा बढी काम गर्छ ।
४० वर्ष नाघेका मानिसहरुमा सीओपीडी अर्थात दिर्घकालीन दम बढी देखिने गरेको चिकित्सकहरु बताउँछन् । कुनै बिरामीमा क्षयरोग छ, सोही बिरामीलाई निकट भविष्यमा सास फेर्न गाह्रो हुने र छाती दुख्ने र दम रोग पनि देखापर्न सक्ने डा. वमको तर्क छ ।
नेपालमा वातावरण प्रदूषणका कारण दमका बिरामीहरु बढि रहेको छाति तथा दमरोग विशेषज्ञ डा. अजुन कार्की बताउँछन् । “दम जुनसुकै उमेरका मानिसका हुन्छ । बाल्य अवस्थामा छातीको संक्रमण भएका व्यक्तिलाई भविष्यमा गएर दम हुने सम्भावना बढी मात्रामा हुन्छ,” उनी भन्छन् “धुलोधुवाँ अत्यधिक मात्रामा छ र काम गर्ने मानिसमा पनि दम हुने खतरा बढी हुन्छ ।”
फोक्सोमा कुनै पनि रोग लागेको छ भन्ने त्यो मानिसलाई भविष्यमा दम हुन सक्छ । जुन दम अन्य समयभन्दा जाडो समयमा बढि देखिन्छ ।
मुुटुका बिरामीहरूलाई पनि श्वास फेर्न गाह्रो हुने हुदाँ उनीहरुमा पनि दम हुन् सक्ने डा. कार्की बताउँछन् । गर्भवती महिलाले चुरोट खाएको खण्डमा भविष्यमा जन्मने बच्चालाई पनि दम हुने सम्भावना अन्यको तुलनामा धेरै हुने चिकित्सकहरु बताउँछन् ।
विश्वमा २०२० सम्मा मृत्युको चौथो स्थानमा दम रोग रहने बताइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा अस्पतालमा मृत्यु हुनेमा सबैभन्दा बढि स्वासप्रश्वासका विरामीहरु रहेका छन् । संगठनले चुरोटको धुवाबाट हुने दम पहिलो नम्बरमा राखेको छ ।
यसका मुख्य लक्षण
छाति दुख्ने ।
उकालो ओरालो गर्दा स्वास बढ्ने ।
लामो सास फाल्दा वा लिन खोज्दा गाह्रो महसुस हुने ।
खकारमा रगत देखिने ।
स्वासप्रश्वासमा समस्या आउँने ।
लामो समयसम्म खोकी लाग्ने ।
बच्न
धुलो धुवाभएको स्थानमा नजाने ।
घर बाहिर जादाँ माक्र्सको प्रयोग गर्ने ।
कोठालाई न्यानो बनाउने र न्यानो कपडा लगाउँने
एलर्जी हुने खानेकुरा नखाने
बालबालिका तथा बृद्धबृद्धालाई चिसोबाट जोगाएर तातोमा ाखन्ुका साथै तातो खानेकुरा खान दिने ।
कुनै समय छातिको संक्रमण देखिएको भएमा जाडोमा चिकित्सकको सल्लाहमा औषधी बढाउँने ।
धुम्रपान नगर्ने ।
लामो समयसम्म धुपकाटीको धुवामा बसेर पुजा नगर्ने ।