site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘विवादास्पद संस्था’को कार्यक्रममा सहभागी हुन म्यानमारकी विदेश मन्त्री सुचि र कम्बोडियाको प्रधानमन्त्री सेन बिहीबार नेपाल आउँदै
Siddhartha BankSiddhartha Bank

काठमाडौं । म्यानमारकी स्टेट काउन्सिलर तथा विदेश मन्त्री आङ साङ सूचि र कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपालको औपचारिक भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आउने भएका छन् । सूचि र सेनको नेपाल भ्रमणको औपचारिक घोषणा परराष्ट्र मन्त्रालयले मंगलबार गरेको हो । 

म्यानमारकी स्टेट काउन्सिलर सूचि र कम्बोडियाको प्रधानमन्त्री सेन दुवै प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा आउन लागेको परराष्ट्रले जनाएको छ । उनीहरु विवादास्पद एक संस्थाले आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

परराष्ट्र मन्त्रालयले सूचिको नेपाल भ्रमण ३ दिनको र सेनको २ दिनेको हुने जनाएको छ । भ्रमणका बेला म्यानमारकी स्टेट काउन्सिलर सूचिले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछिन् भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्विपक्षिय वार्ता गर्नेछिन् । सूचि र ओलीबीच आपसी हितका  विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । 

नेपालमा रहँदा स्टेट काउन्सिलर सूचिसँग परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले पनि भेट गर्नेछन् । स्टेट काउन्सीलर भएपछि सूचिको यो पहिलो नेपाल भ्रमण हो । 

Global Ime bank

भ्रमणका बेला कम्बोडियाको प्रधानमन्त्री सेनले पनि राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् भने प्रधानमन्त्री ओलीसँग द्धिपक्षीय बैठकमा सहभागी हुनेछन् । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सेनसँग शिष्टाचार भेट गर्ने जनाइएको छ । कम्बोडियाको प्रधानमन्त्री सेन पहिलो पटक नेपाल आउन लागेका हुन् । 

सूचि र सेन दुवै ‘एसिया पेसिफिक समिट–२०१८’ मा सहभागी हुन नेपाल आउन लागेका हुन् ।  नेपाल सरकार, विवादास्पद संस्था युनिभर्सल पीस फेडरेसन–नेपाल (यूपिएफ–नेपाल), नेसनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टीज् (आइक्याप) लगायतको संयुक्त आयोजनामा उक्त समिट काठमाडौंमा हुँदैछ । समिटको अध्यक्षता ने क पाका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्नेछन् । 

समिटको आयोजक मध्ये एक युनिभर्सल पीस फेडरेसन–नेपाल माथि बेलाबखत क्रिस्चियन धर्म प्रचार गरेको आरोप लाग्दै आएको छ । युनिभर्सल पीस फेडरेसन–नेपालका अध्यक्ष एकनाथ ढकाल हुन् । उनी अहिले ने क पासँग आवद्ध छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०७५  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय