site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
खसोग्जीको हत्याको निर्देशन साउदी युवराजले दिएको अमेरिकी गुप्तचरको निष्कर्ष
Siddhartha BankSiddhartha Bank

वाशिङटन् । अमेरिकी गुप्तचर निकाय पत्रकार जमाल खसोग्जीको हत्यामा साउदी युवराज मोहम्मद विन सल्मानको हात रहेको निष्कर्षमा पुगेको छ । तर, साउदी सरकारले भने यो कुरा अस्वीकार गरेको छ । अमेरिकी गुप्तचर निकायले भने उनकै निर्देशनमा हत्या भएको अनौपचारिक रुपमा जानकारी गराएको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यसैसाता संदिग्ध १७ जना व्यक्तिलाई नाकाबन्दी गर्ने जनाएको थियो ।  अमेरिकी सांसदहरुले भने साउदी अरेबियाका विरुद्ध कडा कदम चाल्न आग्रह गरेको साउदी अरेबियाका विरुद्ध कडा कदम चाल्न आग्रह गरेको छ ।

Agni Group
NIC Asia

अहिले अमेरिकी गुप्तचर निकाय निष्कर्षमा पुगेको कुरा सुरुमा वाशिङ्टनपोष्टले समाचार बनाएको थियो । खसोग्जीको हत्या गएको अक्टोबर २ तारेखमा इस्तानबुलस्थित साउदी कन्सुलेटमा भएको थियो । यसै हप्ता साउदीअरेबियाका अभियोजकले हत्यामा संलग्न ५ जनालाई मृत्युदण्डको स्वीकृति अदालत समक्ष लिइने जनाएका थिए । 

अमेरिकी गुप्तचर निकाय पछिल्लो निष्कर्षमा पुग्नुअघि साउदी युवराजका भाइ तथा अमेरिकाका लागि साउदी राजदूत खालिद बिन सलमानको फोनपनि अध्ययन गरेको थियो । फोनमा उनले खसोग्जीसँग कुराकानी गरेको स्रोतहरुले जनाएका छन् । उनले खसोग्जीलाई विवाहको कागजात मिलाउन इस्तानबुलस्थित कन्सुलेटमा जानु उपयुक्त हुने भनेर सुझाव दिएको पाइएको जनाइएको छ । तर, वाशिङटनस्थित साउदी दूतावासले वक्तव्य जारी गरेर खसोग्जीसँग राजदूतको फोनमा कुरा भएको अस्वीकार गरेको छ । वक्तव्यमा गएको सेप्टेम्बरको अन्त्यतिर राजदूत र खसोग्जीको भेट भएको भने स्वीकार गरिएको छ । त्यो भन्दा अघि मेसेजमा मात्रै कुरा भएको र पछिल्लो मेसेज सन् २०१७को अक्टोबर २६ मा पठाइएको दूतावासले जनाएको छ । खसोग्जी इस्तानबुल जाने वा नजाने बारेमा कुनै कुरा नभएको दूतावासको दाबी रहेको छ । 

Global Ime bank

अमेरिकी निष्कर्षका बारेमा विश्वभरीका सञ्चार माध्यममा समाचार प्रकाशित वा प्रसारित भएपनि साउदी अरेबियाका सञ्चार माध्यम भने मौन देखिएका छन् । उनीहरुले साउदी युवराजको सो घटनामा कुनै संलग्नता नरहेको भन्ने कोणबाट भने समाचार दिएका छन् । 
(एजेन्सी)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २, २०७५  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu