site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला २०१८’ मंसिर २२ गतेदेखि शुरु हुने भएको छ । मानव अधिकार, शान्ति र लोकतन्त्रको संरक्षण र प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको सो भेला मङ्सिर २८ गतेसम्म सञ्चालन हुनेछ । 

भेलामा शान्ति, लोकतन्त्र र मानव अधिकारको विषयमा सघन संवाद हुने भेलाका संयोजक नरेन खतिवडाले जानकारी दिए । विगतका वर्षमा काठमाडौँ र केही जिल्लामा मात्रै भेलाको आयोजना गरिएपनि यस वर्ष भने देशैभरि प्रदेशस्तरमा भव्यरुपमा भेला गर्ने तयारी गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय मानव अधिकार आयोगको सहकार्य र युथ एड्भोकेशी नेपालको संयोजन रहेको सो भेलामा मानव अधिकारसँग सम्बन्धित करिब २५० सङ्घसंस्था आयोजक छन् । भेलाको सहसंयोजन फतिमा फाउण्डेशन र पौरखी नेपालले गरेको छ । 

सन् १९४८ मा मानव अधिकार विश्वाव्यापी घोषणापत्र जारी भएपछि विश्वभरी डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन शुरु गरिएको हो । सोही दिवसका सन्दर्भमा नेपालमा विसं २०६६ बाट राष्ट्रिय मानव अधिकार महाभेलाको आयोजना गरिँदै आएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement