site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्याकाण्डः नमुना संकलन गरिएका चारैजनाको डीएनए मिलेन, अब हत्यारासम्म कसरी पुग्छ प्रहरी ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले संकलन गरेको शंकास्पद चार जनाको डीएनए म्याच नभएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

कात्तिकको दोस्रो साता कञ्चनपुर प्रहरीले शंकास्पद चारजनाको रगत संकलन गरि विधिविज्ञान प्रयोगशाला पठाएको थियो । शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा डीएनएको गोप्य रिपोर्ट खोलिएको र त्यो म्याच नभएको कञ्चनपुर प्रहरीका डीएसपी कृष्णराज ओझाले बताए ।

चारैजना भीमदत्तनगरपालिका २ र १८ नम्बर वडाका भएको बताइएको छ । प्रहरीले उनीहरुको नामभने गोप्य राखेको थियो । प्रहरीले निर्मला हत्याकाण्डको अनुसन्धानका क्रममा यसअघि नै दिलिपसिंह विष्टसँगै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट उनका छोरा किरण विष्ट, स्थानीय आयुस विष्ट र चक्र बडुको समेत डीएनए परीक्षण गराएको थियो । 
निर्मलाको शरीरमा भेटिएको ‘भजाइनल स्वाब’ सँग डीएनए ‘म्याच’ गरेको थिएन । तत्कालीन कञ्चनपुर प्रहरीले मुख्य अभियुक्तका रुपमा गत भदौ ४ गते दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

डीएनए नमिल्दा प्रहरीलाई अनुसन्धानमा थप सकस भएको छ । गत साउन १० गते साथी रोशनी वमको घरमा निस्किएकी भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त साउन ११ गते मृत अवस्थामा फेला परेकी थिइन् । निर्मला हत्याकाण्डको अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर बर्खासीमा परेका छन् । प्रहरी प्रधान कार्यालय आफैले प्रहरी अधिकारीको कमजोरीबारे अनुसन्धान गरिरहेको छ । 

अबको अनुसन्धान के हुन्छ ?
प्रहरीले विभिन्न कोणबाट अनुसन्धान जारी राखेपनि हत्यारासम्म पुग्ने गतिलो सुराक पत्ता लगाउन सकेको छैन । धेरै प्रमाणहरु यसअघि नै नष्ट भएकाले अनुसन्धानमा थप जटिलता आएको हो । 

Global Ime bank

केन्द्रीय अनुसन्धान ब्यूरो र कञ्चनपुर प्रहरीका छुट्टाछुट्टै टोलीले घटनाको अनुसन्धान गरिरहेका छन् । तर अनुसन्धानमा स्थानीयको सहयोग नपाएको अनुसन्धान टोलीका अधिकारीले गुनासो गर्दै आएका छन् । 

‘‘स्थानीयको असहयोग,प्रहरीलाई विश्वास नगरेजस्तो देखिन्छ । कतिपय प्रमाण नष्ट भएकाले अनुसन्धान निकै जटिल बन्दै गएको छ । अहिले हामी कल डिटेल,शंकास्पद फेसबुकको अध्ययन,डीएनएलगायतमै टेकेर अनुसन्धान गरिरहेका छौं । यो चरणबाट सफल नभए हत्यारासम्म पुग्ने अर्को बाटो समात्छौं,’’ एक अधिकारीले भने । 

चारजनाको डीएनए नमिलेपछि प्रहरीले शंकास्पद थप ३ जनाको डीएनए परीक्षणको तयारी गरेको छ । स्रोतले भन्यो,‘‘३ जनाको डीएनए परीक्षणको तयारी गरेका छौं । त्यसमध्ये एकजनामाथि बढी शंका छ ।’’ 

नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीले केन्द्रीय अनुसन्धान ब्यूरो र कञ्चनपुर प्रहरीको टोलीले घटनाको विभिन्न कोणबाट सुक्ष्म अध्ययन गरिरहेको बताए । 
प्रहरीले डीएनए परीक्षणका लागि तयारी गर्नुअघि शंकास्पद व्यक्तिको गतिविधि,पछिल्ला घटनाक्रममा उनीहरुको भूमिका–व्यवहार अध्ययन गरेको थियो । 

अनुसन्धानमा संग्लन एक अधिकारीका अनुसार निर्मला हत्यामा चिनजानकै व्यक्तिको संग्लनताको सम्भावना बढी छ  । 

अनुसन्धानमा क्रममा हालसम्म झण्डै १ हजार मोबाइल–टेलिफोनको ‘कल डिटेल’ अध्ययन गरेको छ । ‘कल डिटेल’ हेर्ने क्रममा झण्डै ३ सय बढीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमै बोलाइएको थियो । प्रहरीले शंकास्पद १६ जनाको फेसबुक आइडीमाथी पनि अनुसन्धान थालेको छ । 

३ महिनादेखि सीआईबीको विशेष टोली र राष्ट्रिय अनुसन्धान विभागको गोप्य टोली कञ्चनपुरमै छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  ११:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC