site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
माछापालनबाट वार्षिक १३ लाख बचाउँछन् तुलबहादुर 
Sarbottam CementSarbottam Cement

–नारायणी रजौरे 


दाङ । तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँका ६१ वर्षीय तुलबहादुर बस्नेत अहिले आफूलाई व्यावसायिक माछापालक किसानका रुपमा चिनाउन सफल भएका छन् ।  

उनले करिब चार बिघा क्षेत्रफलमा पाँच पोखरी निर्माण गरेर व्यावसायिक रुपमा माछापालन गरिरहेका छन् । तुलसीपुर बजारदेखि चार किलोमिटर दक्षिण पश्चिममा पर्ने गौरीगाउँमा रहेको उनको घरमा अहिले दैनिक माछा लिन आउनेको सङ्ख्या बढ्दो छ । आठ वर्षदेखि माछापालन गर्दै आएकामा विगत चार वर्षदेखि आफ्नै घरमा र आफ्नै लगानीमा यो काम गर्दै आएको उनी बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले माछापालनबाट सबै खर्च कटाएर वार्षिकरुपमा रु १३ लाखसम्म बचत गर्न सफल भएको बस्नेत बताउँछन् । चार वर्षसम्म स्थानीय गौरी तालमा ठेक्कामा लिएर माछापालन व्यवसायमा आबद्ध भएका बस्नेत त्यस बेला माछा बिक्रीबाट राम्रो आम्दानी लिन सफल भएपछि रु ४२ लाख खर्च गरी आफ्नै जमिनमा पाँचवटा पोखरी निर्माण गरेर घरमै व्यावसायिक रुपमा माछापालन शुरुआत गरेको बताउँछन् ।  

“घरमा माछा लिन आउनेले पनि अहिले कसरी र कहिलेदेखि यो व्यवसायको शुरुआत गर्नुभयो भन्दै सोध्छन्,” उनी भन्छन्, “ शुरुमा मकै तथा तोरी लगाउने गरेको र राम्रै उत्पादन हुँदै आएको जग्गामा माछापालनका लागि पोखरी निर्माण गर्दा आफूलाई केही गाह्रो भएको थियो तर चार वर्षसम्म गौरीतालमा माछापालन गरेर बिक्री भएको आम्दानीका कारण आफू घाटामा भने नपर्ने विश्वासले नै यो व्यवसाय शुरु गरेको हुँ । ” 

Global Ime bank

हाल उनको चार बिघा जमीनभित्रको पाँचवटा पोखरीमा ग्रास, कमन, रहु र नैनी जातका माछा छन् । त्यहाँ उत्पादन भएका माछा स्थानीय तुलसीपुर बजार तथा जिल्लाका अन्य बजारमा बिक्रीका लागि लगिन्छ । 

धेरै ग्राहक अहिले घरमै माछा लिन आउने गर्छन् । गत असारसम्म १५० क्विन्टल माछा बिक्री भएको बताउनुहुने बस्नेत अहिले त मौसम छ दैनिक पाँचदेखि १० क्विन्टलसम्म माछा बिक्री हुने गरेको जानकारी दिन्छन् ।  

उनले उत्पादन गरेका माछा प्रतिकिलो थोकमा रु १८० देखि २०० सम्म र फुटकरमा रु २५० देखि ३०० सम्म बिक्री हुँदै आएको छ । राज्यको हालसम्म रु एक पनि सहयोग नभएको र प्राविधिक सहयोगसमेत नपाएको बताउने बस्नेतले पोखरी मर्मत र भुरा उत्पादनमा सहयोगको अपेक्षा गगरेका छन् ।  

माछामा समस्या देखिएमा भैरहवाका माछा विशेषज्ञ र लमहीमा माछापालन गर्दै आएका श्रीधर वलीसँग सहयोग लिने गरेको पनि उनी बताउँछन् । अहिले यस व्यवसायबाट आफू सन्तुष्ट रहेको बताउने बस्नेत गाउँघरमै बसेर माछापालनबाट राम्रो आम्दानी लिन सकिने भएकाले यो व्यवसायमा लाग्न बेरोजगारलाई सुझावसमेत दिन्छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  ०३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC