site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मीरा ! तिमी भिरपाखामा दौडिराख

भोजपुर जिल्लाको उकाली, ओराली, भन्ज्याङ, चौतारी, खोलाकान्लामा दौडेर आफ्नो बाल्यकाल बिताएकी मीरा राई आज देशकै गौरव बनेकी छिन् । देशलाई पहिचान गराउने नेपाली चेलीको भिर पहाडको दौडको निरन्तर प्रयासको प्रतिफल हो यो ।

भर्खरैमात्र नेशनल जियोग्राफिकले प्रदान गर्ने ‘एडभेन्चर्स अफ दी इयर २०१७’ जितेकी छिन् । विभिन्न विधामा विशेष पहिचानसहितको साहसका लागि हुने सर्वोत्कृष्ट व्यक्तिको चयनमा मीरा शिखरमा उभिएकी छिन् । उनले मनोनयनमा परेका विभिन्न मुलुकका उत्कृष्ट १० व्यक्तिको सूचीमा रहेका अन्य नौ साहसी व्यक्तिलाई ‘अनलाइन भोटिङ’मा पछाडि छाडिदिइन् । उनी नेपाली चेली भएकी नाताले नेपालको गौरवलाई नै उच्च बनाएकी छिन् । 

बाल्यकाल निकै कष्टसाथ बिताएकी र दैनिक गुजाराकै लागि पनि हतारहतार दौडेर काम गर्नुपर्ने भएकोले मीराले भिर पहाडको दौडलाई आत्मसात् गरिन् । उनलाई उतिबेला थाहै थिएन, दुःख–पीडाको सहारा, भिर पहाड दौडने अभ्यास उनका लागि विश्वमा देशकै पहिचान गराउने आधार बन्ला भन्ने । तर, उनलाई भाग्यले साथ दियो, अवसर पनि पाइन् र सफलता हासिल गर्दैै गइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आज त्यही भिरपहाडको लामो दौडको आडमा उनी विश्व प्रख्यात बन्नपुगेकी छिन् । भिरपहाडमा दौडने मीरा राई अल्ट्रा म्याराथन धाविका भएर नेपाललाई विश्वभर चिनाउँदै छिन् । हुनत उनकै समकक्षी साथीहरू अहिले पनि तिनै भिरपाखामा डोका बोकेर उकालीओराली गरिरहेका छन् । तर, तिनको भाग्य मीरा राईको जस्तो उज्वल हुन सकेन, डोकोनाम्लोमै सीमित हुन पुगेको छ ।

धाविका मीरा राई अहिले पनि ती साथीलाई झलझली सम्झिन्छिन्, तिनका पीडालाई आत्मसात गर्छिन् र भन्छिन्– अवसर पाएमा ती सबै साथी मजस्तै बन्न सक्छन् । उनीसँग दमकमा भएको मेरो छोटो भेटमा उनले यस्तो भावना पोखेकी थिइन् । 

Global Ime bank

\"\"कक्षा ६ मा अध्ययनरत रहँदा नै तत्कालीन माओवादी सशस्त्र विद्रोहमा होमिएकी मीरा राई १४ वर्षको उमेरमा माओवादी लडाकु भएकी थिइन् । तर, उमेरका कारण सिन्धुलीस्थित लडाकु प्रमाणीकरण शिविरबाट अयोग्य लडाकुका रूपमा केही रकम लिएर शिविरबाट बाहिरिइन् । 

अयोग्य लडाकु हुनुको पीडाले सताइएकी मीरा हतास थिइन् तर उनी मार्सल आर्टसमा अब्बल भएकाले ध्रुवविक्रम मल्लको सहारा पाइन् । वैदेशिक रोजगारीका लागि विदेसिन लागेकी उनी तिनै कराते प्रशिक्षक मल्लको सहयोगमा कराते प्रशिक्षणमा लागिन् । तर, उनी दौडिन सिपालु भएकीले मल्लले उनलाई यतैतिर होमिन सल्लाह दिए र उनी सोहीबमोजिम पहाडी भूभागमा हुने दौडमा सामिल हुन थालिन् । अल्ट्राम्याराथन धाविका मीरा र तिनै प्रशिक्षक मल्ललाई आर्थिक सहयोगका लागि ब्रिटिसस्थित संस्थाहरूको समूहले दमकमा आयोजना गरेको कार्यक्रममा आएका बेला मैले उनको अनुभव सुन्ने मौका पाएको थिएँ । उनको विश्व विजेता बन्ने धोको रहेको स्पष्ट देखिन्थ्यो । 

आधिकारिक रूपमा हिमालयन आउटडोरको ५० किमी रेसबाट सुरु भएको सिलसिलाले क्रमिक रूपमा सफलता चुम्दै गयो । अल्ट्राम्याराथुनका बारेमा परिचित पनि हुँदै गइन् । उनलाई यस प्रकारको साहसिक दौडप्रति रुची पनि बढ्दै गयो र विभिन्न प्रतियोगितामा सहभागी पनि बन्दै गइन् । सफलता पनि हासिल गरिन् । सन् २०१५ मा भएको अल्ट्रा स्काई म्याराथन वल्र्ड सिरिजमा उनी उपविजेता भइन् । विश्व विजेता बन्ने धोको बोकेर अहिले पनि उनी दौडिने अभ्यास गरिरहेकी छिन् ।

तर, देबे्र खुट्टाको एन्टेरियर क्रुसिएट लिगामेन्टको ४ महिना अगाडिमात्र दूरबिनसहितको आधुनिक प्रविधिमार्फत इटालीमा शल्यक्रिया भएकोले उनले राम्ररी अभ्यास गर्न नपाएको गुनासो दमक आएको बेला गर्दै थिइन् । उनी २०१७ को प्रतियोगिताका लागि तयार हुन चाहन्छिन् । अहिले सामान्य स्ट्रेचिङदेखि योगमा सीमित छ उनको प्रयास । सायद छिटै नै उनले फेरि भिर पाखामा साहसिक दौडको अभ्यास गर्नेछिन् । हामी नेपालीको शिर उच्च बनाउन र देशको प्रतिष्ठा बढाउन उनी झन् दह्रो भएर आउनेछिन् । 

मीरा ! तिमी देशकी इज्जत भएकी छौ । तिमी धेरै महिलाका लागि सशक्तीकरण र साहसकी आधार भएकी छाैं । तिमी पिछडिएकाहरूको सहारा भएकी छौ । दुर्गममा रहेकाका लागि शक्तिको स्रोत भएकी छौ । अनि हामी सबै नेपालीका लागि प्रेरणा भएकी छौ । मीरा ! तिमी सधैैँ भिरपाखामा दौडी राख ! देशका लागि, हाम्रा लागि, अनि तिम्रा समकक्षी साथीका लागि अनि आफ्नो लागि । शुभकामना तिम्रो सफल दौड यात्राका लागि !

(साह दमकस्थित निम्स नेसनल अस्पतालमा कार्यरत छन्)  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १७, २०७३  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC