site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ने क पाको चियापानमा तीन घण्टा लाइन
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सत्तारुढ दल ने क पाको चियापान शुरु भएको छ । काठमाडौंको भृकुटिमण्डपमा ने क पाले चियापान आयोजना गरेको छ । ५० हजारलाई निम्ता बाँडिएको चियापानमा सरिक हुनेको संख्या लामो लागेको छ । चियापानका लागि पुतलीसडकसम्म लाइन पुगेको छ । अघिलला वर्षमा चुस्त दुरुस्त देखिने ब्यबस्थापन यो पटक भने देखिएको छैन । चियापानका लागि करिब तीन घण्टा कुनुपर्ने अवस्ता देखिएको छ । 

नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले एकीकरणपछि पहिलो पटक आयोजना गरेको पहिलो चियापान हो यो । नेपालीहरूका प्रमुख चाड, दसैँ, तिहार, नेपाल सम्वत्, छठ, इद, ल्होछारलगायत पर्वका अवसरमा कात्तिक १० गते भृकुटीमण्डपमा पार्टीले सार्वजनिक चियापान कार्यक्रमको आयोजना गरेको हो ।

चियापानमा २५० विदेशी कूटनीतिक नियोग, नेपालमा कार्यरत अन्तर्राष्ट्रिय मिसन प्रमुख, राजदूतहरू र ५० हजार पार्टी समर्थक, शुभेच्छुकहरूलाई निमन्त्रणा कार्ड बाँडिएको कार्यलय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

Agni Group
NIC Asia

यद्यपि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछिको चियापान भएकाले पाहुना, आगन्तुक बढ्ने भएकाले सोही हिसाबले व्यवस्थापन गरिएको श्रेष्ठको भनाइ छ । सत्तारूढ दलसमेत रहेको ने क पा चियापानको आयोजक रहे पनि कार्यक्रममा सत्तापक्ष र प्रतिपक्ष नहुने र हार्दिकता साटासाटमात्रै हुने श्रेष्ठको भनाइ थियो । 

झन्डै पाँच घन्टा चियापानमा चल्ने बताइएको छ । १२ बजेदेखि दिउँसो ३ बजेसम्म पार्टीका समर्थक, शुभेच्छुक चियापानमा सरिक हुनेछन् । त्यसपछिको समय भनेको अति विशिष्ट र विशिष्ट पाहुनाहरूका लागि छुट्याइएको छ ।

Global Ime bank

यसैबीच, ठूलो कम्युनिस्ट पार्टी आयोजक रहेको चियापानमा सदनमा रहेका तथा सदनभन्दा बाहिर रहेका सबै दलका केन्द्रीय तहका नेतासम्मलाई निम्तो दिइएको छ । त्यस्तै नेकपा क्रान्तिकारीका मोहन वैद्यदेखि नेकपाका नेत्रविक्रम चन्द विप्लवसम्मलाई निम्तो दिइएको छ । यद्यपि विप्लवको ठेगाना पत्ता नलागेर सार्वजनिक सूचना पठाइएको श्रेष्ठले बताए ।

चारैवटा सुरक्षा अंग प्रमुख, उच्च पदस्थ सरकारी अधिकारी, पार्टी प्रमुख, केन्द्रीय तहका नेता, राजदूत, अन्तर्राष्ट्रिय मिसन प्रमुखलगायत देशका अति विशिष्ट, विशिष्ट व्यक्तित्व आगन्तुक रहने चियापानमा सुरक्षा सावधानी उत्तिकै अपनाइएको श्रेष्ठको दाबी छ ।

त्यस्तै ३०० बढी स्वयम्सेवक दस्ताले निम्तालु, आगन्तुकलाई चियापान स्थलमा सहजीकरण गर्ने र विशिष्ट पाहुनालाई पार्टी  अध्यक्ष, सचिवालयका नेता रहेको ठाउँमा ‘रिसेप्सन’का लागि पुर्याउने उनले बताए । ने क पाका नेता विनोद श्रेष्ठ, प्रल्हाद बुढाथोकीले स्वयंसेवकको व्यवस्थापन गर्ने उनले जानकारी दिए ।

यस्तै कूटनीतिक नियोग प्रमुखलगायतका अतिथिलाई सचिवालयका नेता माधव नेपाल, प्रवक्ता नारयणकाजी श्रेष्ठ, विष्णु रिमाल, महेन्द्र पाण्डे, राजन भट्टाराईलगायतले स्वागत–सत्कार गर्नेछन् । 
नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूलाई भोला पोखरेल, पुण्य ढकाल, विश्वनाथ व्याकुरेललगायत पेशागत संघ–संगठनका नेताहरूले आतिथ्यता दिनेछन् । 

पूर्वसभामुख, सभामुख, संसदीय दलका नेता, प्रमुख प्रतिपक्षी दलका नेतालाई पम्फा भुसाल, सुवास नेम्वाङ, देव गुरुङ, खिमलाल भट्टराई, परशुराम मेघी गुरुङ, दिनानाथ शर्मा, रामनारायण बिँडारीलगायतका नेताले स्वागत गर्ने श्रेष्ठले बताए ।

चियापानमा चियाका अतिरिक्त समोसा, एउटा फलफूल, नमकिनलगायतको सामान्य चमेना (खाजा)को प्रवन्ध गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०७५  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu