site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपालगञ्ज । नेपालगञ्जमा १५० वर्षदेखि भगवान् रामको जीवनमा आधारित रामलीला प्रदर्शन हुँदै आएको छ । रामलीला दशैँको अष्टमीदेखि टीकाको भोलिपल्टसम्म प्रदर्शन हुँदै आएको छ । 

रामलीला महोत्सव सञ्चालक समितिले रामलीला महोत्सवको आयोजना गर्दै आएको छ । रामलीलामा अहिलेसम्म नारद मोह, रामजन्म, ताड्का वध, जनकपुर आगमन, बजार पुलवारी, धनुष यज्ञ, परमुराम, बाणासुर लीला, सीता स्वयम्बर, राम वनवास, दशरथ मरण, सीताहरण, लङ्कादहनसम्बन्धी सजिव लीला प्रदर्शन भइसकेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

महोत्सवमा आज लक्ष्मण शक्ति र भोलि दशैँका दिन कुम्भकर्ण वध, रावण वध र राम राज्याभिषेकसम्बन्धी लीला प्रदर्शन गरी महोत्सवको समापन गरिने समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले बताए । 

उहाँका अनुसार यस वर्षको दशैँमा ४५ फिट अग्लो रावणको पुत्ला दहन गरिनेछ । पुत्ला निर्माण करीब करीब सकिएको बताइएको छ । रामलीला प्रदर्शनका लागि हरेक वर्ष भारतको बृन्दावनधामबाट कलाकारको टोली झिकाउने गरिएको छ । 

Global Ime bank

रामलीला राति ७ देखि १२ बजेसम्म प्रदर्शन हुने गर्छ । भोलि दशैँका दिन दिउँसोदेखि नै विशेष लीला मञ्चन गरी रावण वध गर्ने गरिन्छ । भोलि रावण वध गरेको हेर्न बाँकेलगायत अन्य जिल्लाका साथै भारतबाट पनि नागरिक आउने गर्छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०७५  २०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC