site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यी हुन् सर्वाधिक सुन सञ्चिति भएका १० मुलुक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । सन् २०१० को सुरुआतदेखि विश्वभरीका केन्द्रीय बैंकहरु सुनको विक्रेताबाट खरिदकर्ता हुन थाले । गत वर्ष यी बैंकहरुको सामुहिक सञ्चितिमा ४ सय ८३ टन थपियो । गत वर्षको दोस्रो अर्धवार्षिक अवधीमा खरिद कीर्तिमानी भएको विश्व सुन परिषद् (डब्लूजीसी) ले जनाएको छ । 
 
सबै केन्द्रीय बैंकहरुले खरिद मात्रै गरेनन् । बैंक अफ क्यानडाले लगगभ सबै सुन विक्री गर्यो । ऋण समस्याका कारण भेनेजुयलाले पनि यस्तै विधी अपनायो । तर, यी बाहेक विश्वका धेरैजसो केन्द्रीय बैंकहरुले सुनको सञ्चिति बढाउदै लगे । 
 
हालसम्मको अवधिमा केन्द्रीय बैंकहरुको सुन सञ्चिति ३२ हजार ७५४ टन पुगेको छ । यो हाल सम्म खानीबाट निकालिएको कुल सुनको १७.८ प्रतिशत भएको डब्लूजीसीले जनाएको छ । वित्तीय संकटपछिको समयमा आएको अपरम्परागत मौद्रिक नीति, विशाल आकारको ऋणपत्र खरिद कार्यक्रम,  तीव्र पैसा छाप्ने योजना र लगभग शून्य नजिक अर्थात कतिपय अवस्थामा ऋणात्मक व्याज दरका कारण सुनको खरिदले व्यापकता पाएको हो । यी विषम परिस्थितिका कारण विश्वका  केन्द्रीय बैंकहरुले सुन थुपार्ने क्रमले बढावा पाएको छ ।
 
सुन थुपार्ने मामिलामा कुन कुन मुलुक अगाडि छन् त ? यहाँ सुनको सञ्चिति बढी भएका १० मुलुकहरुको सूची प्रस्तुत गरिएको छ ।
 
१. अमेरिका
टनः ८१३३.५
विदेशी विनिमयको सञ्चिति प्रतिशत ७४.९
 
२. जर्मनी
टनः ३३८१
विदेशी विनिमयको सञ्चिति प्रतिशत ६८.९
 
३. इटाली
टनः२४५१.८
विदेशी विनिमयको सञ्चिति प्रतिशत ६८
 
४. फ्रान्स
टनः २४३५.७
विदेशी विनिमयको सञ्चिति प्रतिशत ६२.९
 
५. चीन
टनः १७९७.५
विदेशी विनिमयको सञ्चिति प्रतिशत २.२
 
६.रुस
टनः १४६०.४
विदेशी विनिमयको सञ्चिति प्रतिशत १५
 
७. स्वीट्जरल्यान्ड
टनः १०४०
विदेशी विनिमयको सञ्चिति प्रतिशत ६.७
 
८. जापान
टनः ७६५.२
विदेशी विनिमयको सञ्चिति प्रतिशत २.४
 
९. नेदरल्यान्ड
टनः ६१२.५
विदेशी विनिमयको सञ्चिति प्रतिशत ६१.२ 
 
१०. भारत
टनः ५५७.७
विदेशी विनिमयको सञ्चिति प्रतिशत ६.३
 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७३  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC