बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
निर्वाचन मिति घोषणा आयोगबाटै हुनुपर्ने माग
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, मंसिर ५, २०७३
Laxmi Bank
Laxmi Bank

काठमाडौँ । सरकारले निर्वाचनको मिति घोषणा निर्वाचन आयोगबाटै हुनुपर्छ भन्ने मान्यताप्रति कुनै विवाद नरहेको बताएको छ ।आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा राज्य व्यवस्था समितिको आजको बैठकमा सरकारले त्यस्तो अभिमत प्रकट गरेको हो ।  उपप्रधानमन्त्री विमलेन्द्र निधिले निर्वाचनको मिति घोषणा गर्ने जिम्मेवारी आयोगलाई नै दिनुपर्छ भन्ने सोँच सरकारको रहेको बताए ।

आयोगलाई सक्षम बनाउन सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै  गृहमन्त्री निधिले मतदाता जागरण अभियान सफल पार्न सरकारी सहयोग रहिरहने बताए । प्रस्तुत विधेयकमा सांसदबाट प्राप्त संशोधनलाई समायोजन गरिने बताउँदै उनले प्राप्त सुझाव र संशोधन उपयोगी रहेको बताए ।

Duber nepal

Agani Group

छलफलका क्रममा सांसदले आयोगको निष्पक्षता, प्रभावकारिता, आवधिक निर्वाचन सम्पन्न गर्न सरकारबाट उपलब्ध हुनुपर्ने स्रोत, साधन एवम् जनशक्ति, चुनाव खर्चको सीमा, विदेशी सहायताको अस्विकार, संवैधानिक व्यवस्थानुसार निर्वाचनसम्बन्धी सबै काममा ३३ प्रतिशत महिलाको सुनिश्चितता तथा चुनावका बेला भोजभतेर र  विकास निर्माणका कामको आश्वासनमा निषेध जस्ता विषय विधेयकमा समट्नुपर्नेमा जोड दिए ।

आयुक्त इला शर्माले निर्वाचनको मिति घोषणाको अधिकार आयोगले पाउनुपर्ने माग गर्दै दक्षिण एसियाका अन्य सबै मुलुकमा त्यस्तो अभ्यास भइरहेको बताइन् । उनले सरकारले निर्वाचनको मिति तोक्दा उपहास पात्र हुने भएकाले त्यसो नगर्न अनुरोध पनि गरिन् । विधेयकमा नै आयोगले चुनावको मिति घोषणा अधिकार पाउनुपर्ने व्यवस्था होस् भन्ने उनको भनाइ थियो । रासस

Nepal Investment bank
Nepal Investment bank
आइतबार, मंसिर ५, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्