बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
न्यायाधीशहरुले कुर्सीमा बस्ने र कागज मात्र केलाउने सोचलाई बदल्नुपर्छ : प्रधानन्यायाधीश कार्की
KNP nepal
KNP nepal
बाह्रखरी - मंगलबार, कात्तिक ३०, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
भद्रपुर । प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयमा सर्वसाधारण जनताको पहुँच पुर्‍याउन सके दण्डहीनताको अन्त्य हुने बताएका छन्। 
सर्वोच्च अदालतद्वारा झापाको चन्द्रगढीमा आयोजित ‘महिलाको न्यायमा पहुँच र सराकारवाला निकायबीचको समन्वय’विषयको छलफल कार्यक्रमको आज उद्घाटन गर्दै उनले न्यायालयमा पहुँच नभएका समुदाय र वर्गलाई पहुँच पुर्‍याउन सबैले आआफ्नो तहबाट प्रयास गर्नुपर्नेमा जोड दिइन्। “न्यायाधीशहरुले कुर्सीमा बस्ने र कागज मात्र केलाउने सोचलाई बदल्नुपर्छ”, उनले भनिन् । 
सो अवसरमा सर्वोच्च अदालतका सहरजिस्ट्रार ममता खनाल, जिल्ला अदालत झापाका न्यायाधीश सुदर्शन पाण्डे र महिला विकास अधिकृत इन्दिरा ओझाले ‘महिलाको न्यायमा पहुँच र यस सम्बन्धी व्यवस्था’का बारेमा आआफ्ना कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यक्रममा झापा, सुनसरी, मोरङ, धनकुटा र इलामका न्यायाधीश, जिल्ला न्यायाधिवक्ता, महिला विकास अधिकृत, कानुन व्यवसायी र महिला अधिकारकर्मी लगायत करिब १०० जना सहभागी छन् । रासस
 
Nepal Investment bank
Nepal Investment bank
मंगलबार, कात्तिक ३०, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्