site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्वच्छ छविका मानिएका ८० वर्षीय नेताले मेरो हस्ताक्षरको दुरुपयोग गरे : बाबुराम भट्टराई
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन आयोगमा आफ्नो हस्ताक्षरको दुरुपयोग भएको बताएका छन् । आइतबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत् भट्टराईले ‘स्वच्छ छवि मानिएका’ अध्यक्ष महन्थ ठाकुरले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका हुन् ।

ठाकुरको नाम उल्लेख नगरी उनले लेखेका छन्, “स्वच्छ छविका मानिएका ८० वर्षे नेताले समेत पार्टी बैठकको नक्कली स्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरोसमेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल कमजोर बनेको टिप्पणी पनि गरेका छन् । 

“ओली–विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो ! मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन,” उनले लेखेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  २३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC