site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल टेलिकमको आईपी टिभी भैरहवामा पनि विस्तार
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल टेलिकमले भैरहवामा आईपी टिभी सञ्चालनमा ल्याएको छ । कम्पनीले एफटीटीएचमार्फत आईपी टिभी सञ्चालनमा ल्याएको हो । एनटी टिभी ब्रान्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवा लगायतका स्थानहरूमा वितरण सुुरु गरिएको टेलिकमले जनाएको छ । 

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालय मातहतका सबै क्षेत्रमा यो सेवाको विस्तार गर्ने तयारी भइरहेको बताए । टेलिकमले एफटीटीएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपश्चात् ट्रिपल प्ले को अवधारणा कार्यान्वयनमा आउने भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

हाल वितरित एनटी टिभी सेवामा मुलुकका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टेलिभिजन च्यानलहरू उपलब्ध रहेका छन् । यसका साथै नेपालमा उपलब्ध र हेरिने प्राय सबै विदेशी टेलिभिजन च्यानलहरू ग्राहकहरूलाई उपलब्ध हुने जनाइएको छ । 

हाल कम्पनीले वेसिक र प्रिमियम गरी दुई प्याकेजमा एनटी टिभी सेवा उपलब्ध गराइरहेको छ । बेसिकमा १०२ वटा टेलिभिजन च्यानलहरू र प्रिमियममा १८५ वटा टेलिभिजन च्यानलहरू हेर्न सकिन्छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  २२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC