देश
काठमाडौं । तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकी नर्सिङ निरीक्षक दिव्या तिमिल्सिनासँग सात दिने स्पष्टीकरण मागेको छ । मन्त्रालयले २०७३ साल भदौ २९ गतेदेखिविना सूचना बिदा स्वीकृत नगराई अनुपस्थित रहेकाले तिमिल्सिनालाई सेवाबाट हटाउनुपर्ने भन्दै ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेकोे हो ।
“स्वास्थ्य सेवा ऐनको दफा ७४(१) को कसुरमा भविष्यमा स्वास्थ्य सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने ? सेवाबाट हटाउन नपर्ने कुनै कारण र प्रमाण भए सो सहित ७ दिनभत्रि स्पष्टीकरण पेश गर्न” भन्दै मन्त्रालयले आज सूचना जारी गरेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८ १७:२६
प्रतिक्रिया दिनुहोस्