site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
टीभीएस एनटर्क १२५ एक लाख बिक्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । टु व्हीलर र थ्री–व्हीलर निर्माता टीभीएस मोटर कम्पनीले टीभीएस एनटर्क १२५ स्कुटर अन्तर्राष्ट्रिय बजारमा एक लाख युनिट बिक्री भएको जनाएको छ । कम्पनीले राखेको लक्ष्यानुसार नै एक लाख युनिट बिक्री भएको जनाइएको छ ।

टीभीएस एनटर्क १२५ भारतमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सन् २०१८ मा सुरु गरिएको थियो । धेरै वर्षमा ब्रान्ड इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र चयनका साथ अन्तर्राष्ट्रिय बजारमा यो स्कुटर उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको कम्पनीले जनाएको छ । टीभीयस एनटर्क दक्षिण एसिया, ल्याटिन अमेरिका, मिडल इस्ट र आशियनका १९ देशहरुमा रहेको जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

टीभीएस मोटर कम्पनीका निर्देशक एवम् सीईओ के एन राधाकृष्णनले टीभीएस एनटर्क १२५ ले अन्तर्राष्ट्रिय बजारमा एक लाख बिक्रीको लक्ष्य हासिल गरेकोमा कम्पनी उत्साहित भएको बताए । “यो उपलब्धि नवीनतम बेन्चमार्क सेट गरेर टीभीएस एनटर्क ब्रान्डलाई फस्टाउने हाम्रो प्रतिबद्धताको एक सुदृढीकरण हो,” उनले भने ।

नेभिगेसन एसिस्ट, टप स्पिड रेकर्डर, इन–बिल्ट–ल्याप–टाइमर, फोन–ब्याट्री स्ट्रेन्थ डिस्प्ले, लास्ट पाक्र्ड लोकेसन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र मल्टि राइड स्टाटिस्टिक्स मोडहरु स्ट्रिट र स्पोर्टजस्ता सुविधाहरुलाई यो स्कुटरले समेटेको कम्पनीले जनाएको छ ।

Global Ime bank

नेपालमा टीभीएस एनटर्क १२५ नाडा अटो शोमा सार्वजनिक गरिएको थियो । त्यसपछि जगदम्बा मोटर्सले एनटर्क रेस एडिसन सार्वजनिक ग¥यो । रेस एडिसनमा एलईडी डीआरएल र अल–एलईडी हेडल्याम्प रहेको छ ।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शहिल अग्रवालले यो स्कुटर नेपालमा निकै लोकप्रिय बनेको बताए । नेपाली बजारमा एनटर्क १२५ रेगुलर एनटर्क १२५, एनटर्क १२५ रेस एडिसन र एनटर्क सुपर स्क्वाड एडिसनम उपलब्ध छ ।

रेगुलर एनटर्क १२५ को मूल्य नेपाली २,१८,९०० (ड्रम) र २,४५,९००(डिस्क), एनटर्क १२५ रेस एडिसनको २,६१,९०० र एफआई २,७७,९०० र एनटर्क सुपर स्क्वाड एडिसन २,६६,९०० रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC