site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जनमोर्चा सांसद शाही भन्छन् : मेरो नाममा ‘फेक’ विज्ञप्ति निकालियो
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकीमा जनमोर्चाका सांसद कृष्ण थापाले विपक्षी गठबन्धनलाई सरकार बनाउन सहयोग गर्ने प्रयोजनार्थ हस्ताक्षर गर्ने पार्टी निर्णय विपरीत हस्ताक्षरै नगरी बागलुङ गए । उनी बागलुङको जैमिनी नगरपालिकास्थित सर्कुवामा रहेको आफ्नै घरमा छन । पार्टीका महासचिव मनोज भट्टले हस्ताक्षर गराएर ल्याउने बताएतापनि उनी गृहजिल्ला पुगिसकेका थिए ।

पार्टी निर्णय विपरीत हिँडेको भन्दै उनलाई जनमोर्चाले संसदीय दलको नेताबाट हटाइसकेको छ । घर पुगेपछि सांसद थापाले दलको नेताबाट हटाइनु गलत भएको र आफू तटस्थ रहेको प्रष्टोक्ति प्रदेश प्रमुखलाई सम्बोधन गर्दैै जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले हस्ताक्षर नगर्दा आज विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुन सकेनन् । संविधानको धारा १६८ (२) अनुसारको बहुमत नपुगेको भन्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङलाई दोस्रोपटक नियुक्त गरेकी छन् । जनमोर्चाका सांसद थापाले मात्रै हस्ताक्षर गरेको खण्डमा विपक्षीले सरकारको नेतृत्व गर्ने थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, थापा हस्ताक्षर नगरी घरतिर लागे । थापासँगै बुधबार दिउँसो जनमोर्चाकै अर्का सांसद खिमविक्रम शाहीको हस्ताक्षरमा आफू विपक्षी गठबन्धनमा नरहेको भन्दै एउटा विज्ञप्ति सामाजिक सञ्जालमा फैलियो ।

तर, उक्त विज्ञप्ति ‘फेक’ रहेको पुष्टि भएको छ । सांसद शाही स्वयम्ले उक्त विज्ञप्ति आफ्नो नरहेको बताएका छन् । उनले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको सरकार बनाउन मंगलबार नै हस्ताक्षर गरेका थिए ।

Global Ime bank

उनीपनि बुधबार निशिखोला गएका छन् । उनले उक्त विज्ञप्ति निराधार र भ्रमपूर्ण रहेको बताएका छन् ।

“कसले मेरो चरित्रहत्या गर्न फेक विज्ञप्ति फालिदिएछ, त्यो बदमासी हो, फेक हो,” उनले भने ।

नियोजित तवरले चरित्रहत्या गर्न भ्रमपूर्ण तरिकाले अफवाह फैलाइएको उनको दाबी छ । आफू पार्टी निर्णयप्रति स्पष्ट रहेको उनले बताए । 

“म निशिखोला आएको छु । यहाँ नेट नभएकाले फेसबुकमा लेखेर उक्त विज्ञप्ति आफ्नो नरहेको प्रष्ट पारेको छु, मैले हिजो नै हस्ताक्षर गरिसकेको हुँ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC