site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पश्चिम बंगालमा चुनावपछिको हिंसामा १७ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतको पश्चिम बंगालमा निर्वाचनको नतिजा सार्वजनिक भएपछि भएको झडपमा कम्तीमा १७ जनाले ज्यान गुमाएका छन् । सरकारी तथ्यांकानुसार पछिल्लो २४ घण्टामा थप तीनजनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १७ पुगेको हो । विधानसभा निर्वाचनको नतिजापछि यहाँ आइतबारदेखि हिंसामा जारी छ ।

मारिनेहरुमध्ये नौजना भारतीय जनता पार्टी (भाजपा), सातजना तृणमूल कांग्रेस (टीएमसी) र एक इन्डियन सेक्युलर फ्रन्टका कार्यकर्ता रहेको बताइएको छ । राज्यका केही क्षेत्रमा अझै पनि तोडफोड र आगजनीको घटना भइरहेको बीबीसी हिन्दीले जनाएकोे छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पश्चिम बंगालमा अघिल्लो साता भएको निर्वाचनमा मुख्यमन्त्री ममता बनर्जीको दल टीएमएस भारी मतसहित विजयी भएको छ । टीएमएस २१३ सिटमा विजयी हुँदा भाजपाले ७७ सिटमा जित हासिल गरेको छ ।

एक पार्टीका नेताहरुको अर्को पार्टीका नेताहरुलाई हिंसा भड्काएको आरोप लगाइरहेका छन् । कोलकाताको दुईदिने भ्रममा रहेका भाजपा अध्यक्ष जेपी नड्डाले हिंसामा टीएमसीका नेता–कार्यकर्ता जिम्मेवार रहेको आरोप लगाएका छन् ।

Global Ime bank

उता, टीएमसीकी नेतृ बनर्जीले भाजपा साम्प्रदायिक हिंसा भड्काएर राज्यमा राष्ट्रपति शासन लगाउन उद्दत रहेको आरोप लगाएकी छन् । निर्वाचनमा भएको लज्जास्पद हार स्वीकार गर्न नसकेर भाजपा हिंसामा उत्रेको उनको आरोप छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !