site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कर वृद्धिको प्रस्तावपछि कोलम्बियामा सरकारविरुद्ध प्रदर्शन
Sarbottam CementSarbottam Cement

बोगटा । दक्षिण अमेरिकी देश कोलम्बियामा सरकारले प्रस्ताव गरेको करको विरोध गर्दै हजारौँ नागरिक प्रदर्शनमा उत्रिएका छन् । कोरोनाभाइरस महामारीबीच बुधबार राष्ट्रपति आइभान ड्युकको सरकारले कर वृद्धि गरेपछि नागरिक प्रदर्शनमा उत्रिएका अलजजिराले जनाएको छ ।

प्रदर्शनमा विद्यार्थी, शिक्षक, ट्रेड युनियनलगायत अन्य राष्ट्रिय र स्थानीय संघ–संस्थाले सहभागिता जनाएका छन् । यहाँको सरकारले कोरोनाको मारमा परेको अर्थतन्त्रमा सुधार गर्न भन्दै नागरिकलाई लगाएको कर थप गरेर ठूला लगानीकर्तालाई कर छुट दिने प्रस्ताव गरेको छ । तर, यसबाट न्यून र मध्यम आय भएका नागरिक थप समस्यामा पर्ने निश्चित छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामी कर पुनरवलोकनको प्रस्तावलाई अस्वीकार गर्न प्रदर्शनमा सामेल भएका हौँ,” प्रदर्शनमा सहभागी एक शिक्षकले भने, “धनीलाई सबै सुविधा दिइरहँदा सरकार हामी गरिबलाई लुटिरहेको छ ।” सरकारले आफूहरुको माग सम्बोधन नगरे प्रदर्शन जारी राख्ने प्रदर्शनकारीहरुले बताएका छन् ।

बोगटा, मेडिलिन, क्यालीलगायत अधिकांश सहरमा प्रदर्शन भएको हो । प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा र टियर ग्यास प्रहार गरेको जनाइएको छ । सरकारले देशको साधन–स्रोत बहुराष्ट्रिय कम्पनीलाई सुम्पेको भन्दै उनीहरुले सरकार माफिया बनेको आरोप लगाएका छन् ।

Global Ime bank

सन् २०१६ मा विद्रोही समूह रिभोलुसनरी आर्मड फोर्सेज अफ कोलम्बियासँग सम्झौता भएपश्चात यहाँ ५० वर्षे लामो संघर्षको अन्त्य भएको थियो । यद्यपि, यहाँ अन्य धेरै आपराधिक समूह सक्रिय छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC