site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पका वकिलको घर र अफिसमा एफबीआईको छापा
Sarbottam CementSarbottam Cement

वासिङ्टन । अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई)ले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिलको घर र अफिसमा छापा मारेको छ । युक्रेनसँगको सम्बन्धलाई लिएर न्युयोर्कका पूर्वमेयरसमेत रहेका रुडी जुलियानीको घर र अफिसमा एफबीआईले छापा मारेको बीबीसीले जनाएको छ ।

बुधबार एफबीआईले ७६ वर्षीय जुलियानीको अपरइस्ट साइड अपार्टमेन्ट र पार्क एभेन्युस्थित कार्यालयमा छापा मारेर विभिन्न विद्युतीय उपकरणसहितका सामानहरु जफत गरेको छ । उनी परराष्ट्र प्रतिनिधिको भूमिका निर्वाह गर्न असफल रहेको वारेन्टमा उल्लेख गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०२० को राष्ट्रपतीय निर्वाचनअघि जुलियानीले युक्रेनबाट डेमोक्र्याटिक उमेदवार जो बाइडेन र उनका छोरा हन्टर बाइडेनविरुद्ध सूचना संकलन गर्ने प्रयास गरेको जनाइएको छ । युक्रेनको एक ऊर्जा कम्पनीको बोर्डमा रहेका हन्टर र तत्कालीन उमेदवार बाइडेनमाथि अनुसन्धान गर्नका लागि युक्रेनी अधिकारीमाथि दबाब दिन जुलियानीले मुख्य भूमिका खेलेको बताइएको छ । जो बाइडेन अमेरकी राष्ट्रपति निर्वाचित भइसकेका छन् भने हन्टरमाथि अमेरिकी न्याय विभागले असम्बन्धित आपराधिक करका विषयमा जाँच गरिरहेको छ । यी दुवैले आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै आएका छन् ।

जुलियानीका वकिलले भने उनले कुनै कानुन नतोडेको जिकिर गर्दै एफबीआईको छापा मार्ने कार्यलाई अनावश्यक र गैरकानुनी भनेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  ०९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC