site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोनाबाट ब्राजिलमा एकैदिन चार हजार जनाकाे मृत्यु, तर पनि लकडाउन नगर्ने पक्षमा सरकार
तस्बिरः एजेन्सी
Sarbottam CementSarbottam Cement

बीबीसी । ब्राजिलमा मंगलबार एकैदिन कोरोना संक्रमणका कारण ४ हजार १९५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण ब्राजिलमा एकै दिनमा यति धेरैको मृत्यु भएको यो पहिलो घटना हो ।

अमेरिकापछि सबैभन्दा धेरै मानिसको मृत्यु भएको ब्राजिलमा हालसम्म करिब ३ लाख ३७ हजारको मृत्यु भइसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ब्राजिलको स्वास्थ्य मन्त्रालयकाअनुसार यहाँ हालसम्म एक करोड ३० लाख कारोना भाइरसबाट संक्रमित भइसकेका छन् । मार्च महिनामा मात्र कोभिड–१९ का कारण ६६ हजार ५७० जनाको मृत्यु भएको जनाइएको छ ।

थप संक्रामक भाइरस भेटिएसँगै ब्राजिलका अस्पतालमा मानिसहरूको भिडभाड बढेको र स्वास्थ्य सेवा खस्कँदो अवस्थामा रहेको बीबीसीले जनाएको छ । यहाँका अधिकांश राज्यका ९० प्रतिशत आईसीयू भरिएको छ भने आवश्यक अक्सिजन आपूर्ति हुनसकेको छैन ।

Global Ime bank

मृतकको संख्या बढेपनि राष्ट्रपति जाइर बोल्सेनारोले लकडाउन नगर्ने पक्षमा छन् । भाइरसको असर भन्दा अर्थव्यबस्थाको गिरावटले पर्ने प्रभाव बढी खतरनाक हुने भन्दै उनले स्थानीय अधिकारीहरुले लगाएका प्रतिबन्धलाई उल्ट्याउने प्रयास गरिरहेका छन् ।

मंगलबार राष्ट्रपति भवन बाहिर उपस्थित आफ्ना समर्थकलाई सम्बोधन गर्दै बोल्सेनारोले क्वारेन्टिन मापदण्डको कडा आलोचना गरे । यी नियमहरुले आर्थिक मन्दी र बेरोजगारी बढाएको टिप्पणी गरेका उनले मृतकहरुको विषयमा भने कुनै प्रतिकृया जनाएनन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !