site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘कोभिड–१९ को बेला हिरासतमा संकट बढ्दा कैदीबन्दीलाई बिर्सिइयो’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलको एउटा नयाँ प्रतिवेदनका अनुसार कोरोनाभाइरस संक्रमणलाई रोकथाम गर्ने क्रममा कारागारहरूले प्रणालीगत चुनौतीहरूलाई सामना गर्नुपरेको कारण कोभिड–१९ महामारीको बेला विश्वभरिका कैदीबन्दीहरू विस्मृतिमा परेका छन् ।

साथै, कोभिड नियन्त्रणका उपायहरूका कारण मानवअधिकारको गम्भीर उल्लंघनहरू पनि भएको प्रतिवेदनमा जनाइएको छ । अत्यधिक भिडभाडपूर्ण अवस्थाका थुनुवाकक्षहरूमा रहेका लाखौँ व्यक्तिहरूलाई राष्ट्रिय खोप कार्यक्रममा समेट्न एम्नेस्टी इन्टरनेसनलले आह्वान गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

'कारागारमा बिर्सिएकाहरू : कोभिड–१९ र कारागार प्रतिवेदन'ले विश्वभरि एक करोड १० लाखभन्दा बढी मानिसहरू कारागारमा रहेका र धेरै देशका कारागारहरू रोग संक्रमणको केन्द्र बन्ने जोखिम बन्दै गइरहेको जनाएको छ । धेरै कैदीहरूले साबुन, उचित सरसफाइ अथवा व्यक्तिगत सुरक्षात्मक उपकरणको पहुँचका लागि संघर्ष गर्नुपरेको छ भने भौतिक दूरी कायम गर्न गाह्रो छ र उनीहरूका लागि स्वास्थ्य सेवा पनि सीमित रूपमा मात्रै उपलब्ध रहेको जनाइएको छ ।

“विश्वभरिका कारागारहरूमा कोभिड–१९ लगातार रूपमा फैलिरहेको अवस्थामा सामाजिक दूरी कायम गर्न भएको अत्यधिक एकान्तबासको प्रयोग र त्यसबाट सिर्जना हुने हानिकारक असरलाई कम गर्ने अपर्याप्त उपायहरूलगायत सरकारले रोग संक्रमण रोकथाम गर्न अपनाएका अन्य उपायहरूले मानवअधिकारको उल्लंघन भएको छ,” एम्नेस्टी इन्टरनेसनलका अनुसन्धान र वकालत निर्देशक नेत्सानेट बेलेले भने ।

Global Ime bank

सरकारहरूले अद्यावधि र विश्वसनीय जानकारी सार्वजनिक रूपमा प्रदान गर्न नसकेका कारण कारागारहरूमा कोभिड–१९ संक्रमण र यसबाट भएको मृत्युको बृहत् मूल्यांकन गर्न गाह्रो छ । यद्यपि, उपलब्ध तथ्यांकले विश्वभरका कारागारहरूमा कोभिड–१९ संक्रमणको चिन्ताजनक अवस्था  रहेको संकेत गरेको छ । साथै, खोप वितरणसम्बन्धी रणनीति र योजनाले आकार लिन सुरू गरेको भए पनि धेरै सरकारहरू विशेष जोखिममा रहेका कैदीहरूलाई खोप लगाउने योजनाबारे मौन रहेको पनि जनाइएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !