site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य तोलामा एक हजारले घट्यो
फाइल तस्बिर ।

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख आठ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको एक लाख नौ हजारमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुन तोलाको एक लाख सात हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्