site stats
राजनीति
७९ स्थानमा कसले कहाँ जित हासिल गरे ? प्रमुख दलका शीर्ष नेता छुटेनन्, संसद्मा नयाँ अनुहार प्रवेश हुँदै

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत परिणाम आउने क्रम जारी छ ।

अहिलेसम्म १६५ निर्वाचन क्षेत्रमध्ये करिब ८० प्रतिनिधिसभातर्फका क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ ।

जसमध्ये धेरै स्थानमा कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले अहिलेसम्म जम्मा ३१ प्रतिनिधिसभामा जित हासिल गरेको छ ।

Agani Group

कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापा, प्रदिप पौडेललगायतका प्रभाशावली नेताले जित हासिल गरेका छन् ।

काठमाडौंमा कांग्रेसले आफ्नो गढ जोगाएको भए पनि कतिपय स्थानमा भने जित हासिल गर्न सकेन । 

Global bank

काठमाडौंका पाँच क्षेत्रमा कांग्रेसले जित हासिल गरेको छ ।  कांग्रेस अहिले पनि २४ निर्वाचन क्षेत्रमा अघि रहेको छ । 

प्राप्त विवरणअनुसार कांग्रेस संसद्को ठूलो पार्टी बन्ने देखिएको छ । समानुपातिकतर्फ पनि एमालेले अग्रता लिए पनि कांग्रेसले पछ्याइरहेको छ । 

कांग्रेस पछिपछि एमाले रहेको छ । एमालेले अहिलेसम्म १८ स्थानमा जित हासिल गरेको छ । 

अध्यक्ष केपी शर्मा ओलीसहितका १८ नेता अहिलेसम्म जित हासिल गरेका छन् । एमाले पनि २७ स्थानमै अघि रहेको छ । ती स्थानमा मत गणना बाँकी रहेको छ । 

नेकपा एमालेका दोस्रो तहका नेताले भने पराजित भोग्नुपरेको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, केपी शर्मा ओली निकट मानिएका नेताहरु महेश बस्नेत पराजित भएका छन् ।

गठबन्धन भएका कारण आफूहरु पराजित हुनुपरेको उनीहरुको तर्क छ ।

नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहालसहित ९ क्षेत्रमा निर्वाचत जितेको छ । ९ स्थानमा अहिले पनि माओवादी केन्द्र अघि रहेको छ । 

माओवादी केन्द्रका पनि प्रभावशाली नेताहरु पराजित हुन पुगेका छन् । माओवादी केन्द्रका महासचिव देव गुरुङ लमजुङमा नेकपा एमालेका उमेदवारसँग पराजित भएका छन् । 

अर्को सहयात्री दल नेकपा एकीकृत समाजवादीले भने सात स्थानमा जित हासिल गरेको छ । बाँकी तीन स्थानमै अग्रता कायम राखेको छ । 

सो पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले जित हासिल गरेका छन् ।

सबैभन्दा पछि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंकै चारवटा निर्वाचन क्षेत्रसहित ६ वटामा जित हासिल गरेको छ ।

सो पार्टीका सबै नेताहरु संसद्मा नयाँ अनुहार हुनेछन् ।

चितवनमा रवि लामिछाने, ललितपुरमा तोसिमा कार्कीसहित काठमाडौंका चारवटा निर्वाचन क्षेत्रमा सो पार्टीले जित हासिल गरेको छ । 

राप्रपाले ३ र नागरिक उन्मुक्ति पार्टीले १ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाग्लुङबाट जित हासिल गरेका छन् भने नागरिक उन्मुक्ति पार्टीकै नेताले स्वतन्त्र उमेदवारी दिएर बर्दियामा जित हासिल गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेगायतका प्रमुख दलका शीर्ष नेताहरुले फराकिलो अन्तरले जित हासिल गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबाहेक सबैजसो पार्टीका अध्यक्षले चुनाव जितेका छन् । 

नेपाली कांग्रेसले जित हासिल गरेका क्षेत्र

१– योगेश गौचन थकाली, मुस्ताङ
२– टेकबहादुर गुरुङ, मनाङ
३– प्रकाशमान सिंह, काठमाडौं–१
४– गगन थापा, काठमाडौं ४
५– प्रदिप पौडेल काठमाडौं ५
६– मोहन आचार्य रसुवा 
७– उदयशमशेर जबरा ललितपुर १
८– सन्तोष चालिसे काठमाडौं ३
९– शंकर भण्डारी तनहुँ २
१०– शेरबहादुर देउवा डडेल्धुरा 
११– राजेन्द्रकुमार केसी काठमाडौं १०
१२– रमेश रिजाल पर्सा ४
१३– हृदयराम थानी, सुर्खेत २
१४– विश्वप्रकाश शर्मा, झापा १
१५– रामहरि खतिवडा ओखलढुंगा 
१६– अजयकुमार चौरसिया पर्सा २
१७– दिलेन्द्रप्रसाद बडु दार्चुला 
१८– दुर्लभ थापा भक्तपुर २
१९– राजेन्द्र बजगाइँ गोरखा १
२०– खमबहादुर खर्बुजा म्याग्दी 
२१– दिक्पालबहादुर शाही– दैलेख
२२– पुष्पबहादुर शाह अछाम २
२३– एनपी साउद, कञ्चनपुर २
२४– रमेश लेखक, कञ्चनपुर ३
२५– वीरबहादुर बलायर कैलाली ४
२६– देवप्रसाद तिमिल्सिना, रौतहट
२७– रामनाथ अधिकार–धादिङ २
२८– श्यामकुमार घिमिरे सिन्धुली 
२९–रामचन्द्र पौडेल तनहुँ १
३०–किशोरसिंह राठौर बाँके ३
३१– शशांक कोइराला नवलपुर १

नेकपा एमालेले जित हासिल गरेका क्षेत्रहरु 
१– प्रेमबहादुर महर्जन ललितपुर २
२– अम्बरबहादुर रायमाझी उदयपुर २
३– कृष्णगोपाल श्रेष्ठ काठमाडौं ९
४– देवराज घिमिरे– झापा २
५– केपी शर्मा ओली झापा ५
६–योगेशकुमार भट्टराई ताप्लेजुङ
७–महेशकुमार बर्तौला, मकवानपुर २
८– पृथ्वीसुब्बा गुरुङ लमजुङ
९–टोपबहादुर रायमाझी अर्घाखाँची
१०–गोकर्णराज विष्ट, गुल्मी २
११–सूर्यबहादुर थापा प्युठान
१२–राजकुमार गुप्ता पर्सा ३
१३– विद्या भट्टराई कास्की २
१४– एलपी सावाँ लिम्बु झापा ४
१५– मानबीर राई सोलुखुम्बु 
१६– रामशंकर यादव सिरहा १
१७– महेकुमार बर्तौला मकवानपुर २
१८–बासुदेव घिमिरे रुपन्देही ५

माओवादी
१–माधव सापकोटा– सिन्धुपाल्चोक १
२–लेखनाथ दाहाल सिन्धुली २
३–पुष्पकमल दाहाल प्रचण्ड, गोरखा २
४–देवेन्द्र पौडेल वाग्लुङ २
५–पूर्णबहादुर घर्ती , रुकुमपूर्व 
६–शक्तिबहादुर बस्नेत जाजरकोट
७–वर्षमान पुन रोल्पा 
८–रामकुमार राई खोटाङ
९–रेखा शर्मा दाङ २


राष्ट्रिय स्वतन्त्र पार्टी 
१– गणेश पराजुली काठमाडौं ७ 
२– विराजभक्त श्रेष्ठ–काठमाडौं ८ 
३– सोविता गौतम–काठमाडौं २
४– शिशिर खनाल– काठमाडौं ६
५– डा. तोसिमा कार्की ललितपुर ३
६– रवि लामिछाने चितवन २


एकीकृत समाजवादी
१– शेरबहादुर कुँवर अछाम १
२–अमरबहादुर थापा दैलेख १
३–प्रकाश ज्वाला सल्यान
४–भानुभक्त जोशी बझाङ
५–कृष्णकुमार श्रेष्ठ बारा  ४
६– माधवकुमार नेपाल रौतहट १
७–प्रेमबहादुर आले डोटी

राप्रपा
१–धवलशमशेर जबरा बाँके २
२–ज्ञानेन्द्र बहादुर शाही जुम्ला 
३– दिपक सिंह मकवानपुर १

जनता समाजवादी पार्टी 
१– प्रदिप यादव पर्सा १

स्वतन्त्र 
लालवीर चौधरी बर्दिया 

लोकतान्त्रिक समाजवादी पार्टी
१– सर्वेन्द्रनाथ शुक्ल– रुपन्देही ४
२–रामप्रकाश चौधरी– सर्लाही १

नागरिक उन्मुक्ति पार्टी
१– गंगाराम चौधरी कैलाली ३

राष्ट्रिय जनमोर्चा
१–चित्रबहादुर केसी 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय