अर्थ व्यवसाय
काठमाडौं । निर्धन उत्थान बैकले नेपाल ग्रामीण विकास बैंकमा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको छ ।
निर्धनले ग्रामीणमा भएको १ लाख ९१ हजार ९९२ कित्ता संस्थापक सेयर न्यूनतम ३ सय रुपैयाँमा बेच्न बोलपत्र आह्वान गरेको छ । बैंकले सेयर बिक्री बन्द गर्ने मिति आउँदो पुस ३ गतेलाई तोकेको छ । न्यूनतम १ सय कित्ता सेयर खरिद गर्नुपर्ने व्यवस्था गरिएको बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । ग्रामीणको सेयर मूल्य ६९५ रुपैयाँ छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३ १२:१०
प्रतिक्रिया दिनुहोस्