अर्थ व्यवसाय
काठमाडौं । सरकारले प्रसारणलाइन निर्माणका लागि बेग्लै राष्ट्रिय प्रसारण तथा ग्रीड कम्पनी लिमिटेडलाई सञ्चालनमा ल्याउन लागेको छ ।
ग्रीड कम्पनीको काम अघि बढाउन ऊर्जा मन्त्रालयले प्रमुख कार्यकारी अधिकृत (सीईओ ) नियुक्ति प्रक्रिया थालेको छ । ऊर्जामन्त्री जनार्दन शर्माले ग्रीड कम्पनी र राष्ट्रिय विद्युत उत्पादन कम्पनी लिमिटेड सञ्चालनमा ल्याउनका लागि सीईओ नियुक्ति प्रक्रिया अघि बढाइएको बताएका छन् । ऊर्जाले पहिलो चरणमा ग्रीड कम्पनीमा सीईओ नियुक्तिको तयारी थालेको हो । ग्रीड कम्पनीको सीईओ हुन इलेक्ट्रिक इन्जिनियरिङ वा इलेक्ट्रिक इन्जिनियरिङमा स्नातक र व्यवस्थापनमा स्नातककोत्तर उत्तिण गरेको हुनुपर्ने उल्लेख छ ।
नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति गर्नका लागि आवश्यक ग्रीड निर्माण गर्न नसकेपछि बेग्लै कम्पनी स्थापना गरेको हो । विद्युत प्राधिकरणले गर्दे आएको ग्रीड विकासको काम अब सोही कम्पनीले गर्ने छ । सरकारले विद्युत प्राधिकरण खण्डीकरण काम सुरु अन्र्तगत पहिलो चरणमा ग्रीड कम्पनी स्थापना गरेको हो । यस्तै विद्युत उत्पादन गर्नका लागि राष्ट्रिय विद्युत उत्पादन कम्पनी गठन अन्तिम चरणमा पुगेको ऊर्जा मन्त्रालयले जनाएको छ ।
यस्तै वितरण प्रणालीलाई प्रभावकारी बनाउन ७ वटै प्रदेशमा कम्पनी गठनको तयारी गरेको छ । यस्तै विद्युतको व्यापार गर्नका लागि बेग्लै कम्पनी स्थापनको कम अघि बढेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३ ११:२४
प्रतिक्रिया दिनुहोस्