राजनीति
काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सरकारको सय दिन देश र जनताले अनुभूति गर्ने काम नगरी त्यतिकै खेरगएको बताएका छन् ।
रिपोटर्स क्लबले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सय दिनमा सरकारले संविधान कार्यान्वयनतर्फ कुनै ध्यान नदिएको र निर्वाचनको कुनै तयारी नगरेको आरोप लगाए ।
उनले अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा पनि खासै प्रगति नभएको उल्लेख गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाले सरकारका सय दिनमा गरेका काममा केही कमजोरी भए पनि सफलता उन्मूख भएको बताए ।
उनले सय दिनमा प्रधानमन्त्री पुष्पकमल दाहालले कर्मचारी तन्त्र, मन्त्रिपरिषद् र आफ्नो निजी सचिवालयलाई चुस्तदुरुस्त रुपले लैजान नसकेको बताए । उनले राज्य व्यवस्थालाई पनि प्रधानमन्त्रीले संस्थागत रुपमा सञ्चालन गर्न नसकेको स्वीकार गरे ।
उनले प्रधानमन्त्री दाहालले सय दिनमा राष्ट्रिय सहमति कायम गर्नका लागि विभिन्न राजनीतिक दलसँग छलफल बहसलाई भने तीव्रता दिएको बताए । रासस
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७३ १३:५९
प्रतिक्रिया दिनुहोस्