site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री निरङ्कुश तरिकाले चल्न खोजे : नेता पौडेल
बनेपा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल निरङ्कुश तरिकाले चल्न खोजेको आरोप लगाएका छन् । 
नेपाली कांग्रेस बनेपा नगर समितिले आज बनेपामा आयोजना गरेको कांग्रेस नगर सभापतिको प्रथम राष्ट्रिय सम्मेलनमा उनले नेपाली काँग्रेसको आड र भरोसामा निर्माण भएको सरकारले नेपाली कांग्रेसको सल्लाह बिना काम गरेको छ भने । 
नेता पौडेलले भने–“सरकार सञ्चालनका लागि आचारसंहिताको निर्माण गर्नुपर्दथ्यो र कम्तीमा एउटा कार्यक्रम बनाएर अघि जानुपथ्र्यो, तर नेतृत्वले ध्यान दिन सकेन । ” 
नेतृत्वप्रति आक्रामकरुपमा प्रस्तुत भएका नेता पौडेलले सरकारले जनतालाई उत्साहित बनाउने काम गर्न नसकेको उल्लेख गर्दै सरकारले जनतालाई उत्साहित बनाउने काम गर्न अझै बाँकी रहेको तर्क गरे । 
“म धेरै ठाउँमा एक्लै बोलिरहेको छु, म एक्लो वृहस्पति भएँ कि भन्ने चिन्ता पनि छ,” उनले पार्टी नेतृत्वको आलोचना गर्दै भने । 
नेता पौडेलले नेपाली कांग्रेस गाउँ र नगरस्तरका कार्यकर्ताबाट नै सञ्चालन हुने जिकिर गर्दै पार्टी सभापति शेरबहादुर देउवाबाट कांग्रेस चल्न नसक्ने बताए। 
पार्टी नेतृत्वमा कल्पनाशीलता चाहिन्छ, तर हाम्रो पार्टी नेतृत्वमा त्यस्तो देखिएन, उनको भनाइ थियो । स्थानीय तहको पुनःसंरचनामा जनताको भावनालाई समेट्न नखोजेको आरोप लगाउँदै नेता पौडेलले पुनःसंरचना आयोगले सङख्याको कुरा उठाएर बिथोलेको बताए। 
पुनःसंरचनाको विषयमा स्थानीय विकास अधिकारीले पार्टीसँग सल्लाह गरेर मात्रै आयोगमा सिफारिस गरेको जिकिर गर्दै उनले पूर्वाधार नभएको क्षेत्रमा लगानी गर्नेगरी पुनःसंरचना गर्ने विषय आफूहरुलाई अमान्य हुने बताए । 
शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले पुनःनिर्माणको कामले पूर्णता नपाएकाले र पीडितको घाउ निको नभएकाले स्थायी शान्ति स्थापना हुन नसक्ने उल्लेख गर्दै भत्केको संरचनाको काम ३५ प्रतिशत मात्रै भएको बताए । 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले स्थानीय चुनावमा एमालेको, सरकारमा माओवादीको र संविधान संशोधनमा मधेसीको छाँया भए कांग्रेसको प्रभावकारितामा प्रश्न उठ्ने बताए । 
नेपाली कांग्रेस बनेपा नगरसमितिका अध्यक्ष राम जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद कञ्चनचन्द्र वादे श्रेष्ठ, नेकाका पूर्व सभापति शिव हुमागाईँ, नेकाका सभापति मधु आचार्य लगायतले कांग्रेसको प्रभावकारीतामा जोड दिएका थिए । 
दुई दिनसम्म चल्ने सो नगर सभापति सम्मेलनमा देशभरका २१७ नगरबाट सभापति सहभागी छन् । रासस
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७३  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro