site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बर्ड फ्लुको भाइरस भित्रिन नदिन उच्च सतर्कता
काठमाडौं । छिमेकी राष्ट्र भारत र भुटानमा बर्ड फ्लु देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको पशु स्वास्थ्य निर्देशनालयले जनाएको छ । खुला सीमा नाका भएकाले नेपालमा बर्ड फ्लुको भाइरस भित्रिन नदिन पशुजन्य पदार्थ तथा सामग्री आयातमा प्रतिबन्ध लगाइएको पशु निर्देशनालयका वरिष्ठ चिकित्सक तथा सूचना अधिकारी डा. उमेश दाहालले जानकारी दिए । 
उनका अनुसार ८ वटा क्वारेन्टाइनभित्रका २५ वटा चेक पोष्टमा उच्च सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपालको खुला सीमा नाकाका कारण जोखिम बढी भएकाले उच्च सतर्कता अपनाइएको उनले बताए । नेपालमा बर्ड फ्लु भाइरस भित्रिन नदिने तयारीका साथ लागिपरेको बताउँदै उनले भने, “आइहाले पनि के गर्ने भनेर सुरक्षाको लागि सुरक्षा टोली तयारी अवस्था रहेका छन् ।” 
भारतको केरलालगायत स्थानमा ‘एचफाइभ  वानएट’ प्रजातिको बर्ड फ्लु देखिएको छ भने भुटानमा एचफाइभ एनवान नामक उपजातिको बर्ड फ्लु देखिएको निर्देशनालयले बताएको छ । 
०७१ देखि नेपालमा बर्ड फ्लुको भाइरस देखिएको छैन ।  बर्ड फ्लुको उच्च जोखिम नभए पनि अवैध पशु ओसारपसार तथा आयातले जोखिम बढ्ने भएकाले सुरक्षा व्यवस्था तथा सवाधानी अपनाउन सुरक्षा निकाय, पशु कार्यालय तथा पशु व्यवसायीलाई निर्देशन दिइसकेको निर्देशनालयले बताएको छ । 
पशु स्वास्थ्यसँग सम्बन्धित निकायले बर्ड फ्लुबाट बच्ने उपायका बारेमा प्रचारप्रसार पनि तिव्र पारेका छन् भने जिल्लास्तरमा अनुगमनको लागि टोली खटिएका छन् । 
के हो बर्ड फ्लु ?
बर्ड फ्लु विशेषगरी चराचुरुंगीमा देखिने रुघाखोकीजस्तै एउटा रोग हो । एन्फ्लुएन्जा भाइरसको कारण यो रोग लाग्छ । यो रोग कम संक्रमक र उच्च संक्रमक गरी दुई प्रकारको हुन्छ । 
एचफाइभ एनवान नामको बर्ड फ्लुको उपजात सन् २०१४ को सुरुमा दक्षिण कोरियाबाट विश्वभर फैलिएको थियो, जसका कारण सन् २०१४ देखि २०१५ को सम्म ठूलो संख्यामा चराहरू ग्रसित भएका थिए ।
बच्ने उपाय 
बर्ड फ्लुबाट बच्न निकै कुरााम ध्यान दिन जुरुरी हुन्छ । घरपालुवा पशुपन्छीलाई जंगली पन्छीको सम्पर्कबाट टाढा राख्नुपर्छ । पन्छीको खोरभित्र नसुत्ने र खोरभित्र काम गर्दा सफा मास्क तथा पन्जाको प्रयोग गर्नुपर्छ । हाँस, कुखुरा र बंगुर एकै ठाउँमा नपाल्ने र सकभर सम्पर्क हुन नदिने । मरेका पन्छी तथा संक्रमित वस्तु जथाभावी नफालेर खाल्डोमा गाड्ने । विश्वासिलो र सफा मासु पसलबाट मात्र मासु किन्ने । धेरै संख्यामा पन्छीहरू मरेको देखेमा वा थाहा पाएमा तुरुन्तै नजिकको पशु कार्यालयमा जानकारी दिने ।
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७३  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro