site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चालु खर्चको चापमा कोसी प्रदेश

विराटनगर । कोसी सरकार चालु खर्चको चापमा परेको छ । अघिल्ला आर्थिक वर्षमा पनि पुँजीगतभन्दा चालु खर्च नै धेरै भएको थियो ।

प्रदेश सरकारले पुँजीगतको तुलनामा चालु शीर्षकमा बढी बजेट विनियोजन गर्ने गरेको छ । चालु बजेट लगभग शतप्रतिशत खर्च हुन्छ । तर, पुँजीगत (विकास) खर्च भने अपेक्षितरूपमा हुन नसकेको तथ्यांकले देखाउँछ ।

कोसी सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । चालुतर्फ १८ अर्ब ७२ करोड ४९ लाख ११ हजार ४००, पुँजीगततर्फ १६ अर्ब ५३ करोड, ४३ लाख ८८ हजार ६०० र वित्तीयतर्फ दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय कोसी प्रदेशको चैत १६ गतेसम्मको तथ्यांकअनुसार, सरकारले जम्मा १३ अर्ब १३ करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ । जसमध्ये चालुतर्फ आठ अर्ब ११ करोड १२ लाख ९९ हजार रुपैयाँ र पुँजीगततर्फ पाँच अर्ब दुई करोड ५२ लाख रुपैयाँ खर्च भएको छ । वित्तीयतर्फको खर्च शून्य छ ।

सबैभन्दा बढी विनियोजित भौतिक पूर्वाधार विकास मन्त्रालयले हालसम्म तीन अर्ब १९ करोड २९ लाख ७५ हजार ८३७ रुपैयाँ खर्च गरेको छ । यस मन्त्रालयको पुँजीगततर्फ तीन अर्ब दुई करोड १८ लाख ४० हजार ३३६ रुपैयाँ र चालुतर्फ १७ करोड ११ लाख ३५ हजार ५०० रुपैयाँ खर्च गरेको छ । मन्त्रालयतर्फ कुल १० अर्ब ३९ करोड ५१ लाख ६५ हजार रुपैयाँ विनियोजित छ ।

भौतिक पूर्वाधारपछि आर्थिक मामिला तथा योजना मन्त्रालयको वित्तीय प्रगति धेरै देखिएको छ । यस मन्त्रालयले दुई अर्ब ४ करोड ७० लाख ७७ हजार रुपैयाँ खर्च गरेको छ । आर्थिक मामिला मन्त्रालयतर्फ तीन अर्ब ५३ करोड २५ लाख १८ हजार बजेट विनियोजन भएको थियो ।

स्वास्थ्य मन्त्रालयले एक अर्ब १८ करोड ६७ लाख दुई हजार ३९५ रुपैयाँ खर्च गरेको छ । स्थानीय तहतर्फ विनियोजितमध्ये दुई अर्ब ३९ करोड ७५ लाख ४७ हजार ५२३ रुपैयाँ वित्तीय प्रगति देखिएको छ ।

कोसी प्रदेशमा नौ मन्त्रालय छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro