site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड जे ट्रम्प विजयी हुने निश्चित भएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ प्रतिऔंश ३५ डलर बढेर १ हजार ३१९ डलरमा कारोबार भएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंश १ हजार २८४ डलरमा कारोबार भएको थियो । अमेरिकी राष्ट्रपतिमा ट्रम्प विजयी हुने निश्चित भएपछि सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारको असर नेपाली सुन बजारमा पनि परेको उनले जानकारी दिए ।
संघका अनुसार बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ हजार ३ रुपैयाँ बढेर ५८ हजार २ सय रुपैयाँ पुगेको छ । मंगलबार प्रतितोला ५६ हजार ९ सय रुपैयाँ थियो । 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७३  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro