अर्थ व्यवसाय
काठमाडौं । मोबाईल सेवा प्रदायक एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकहरुका लागि आकर्षक ‘रोमिङ् कम्बो प्याक’ योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका ग्राहकले रोमिङ्मा रहेको बेलामा कर सहित मात्र १५ सयमा भ्वाइस, एसएमएस र डेटा प्याकको मज्जा लिन सक्छन् ।
यो कम्बो प्याक योजना भारत, अमेरिका, बेलायत, हङकङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड लगायतका विभिन्न २५ देशहरूमा यहि सोमबार (कात्तिक २२, २०७३) देखि लागु हुने एनसेलले जानकारी दिएको छ । यो योजना सुचारु गर्ने एनसेलका प्रिपेड वा पोस्टपेड ग्राहकले आफू सम्बन्धित रोमिङ् देशहरूमा रहँदा नेपाल र कम्बो प्याकमा रहेका अन्य देशहरुका लागि २५ मिनेटको बाह्य कल, २५ मिनेटको आगमन कल, २५ एसएमएस र २५ एमबी डेटा पाउनेछन् । प्याकअन्र्तगत उपलब्ध हुने यी सेवाहरुको प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ ।
यो योजना सुचारु गरी एनसेलका ग्राहकले रोमिङ् देशहरूमा आफू यात्रामा भएको समयमा पनि आफ्ना परिवार, आफन्त तथा व्यवसायिक साझेदारहरुसँग सुलभ दरमा कुराकानी गर्दै संचार सेवाको खर्चमा कटौती गर्ने एनसेलले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३ १३:१०
प्रतिक्रिया दिनुहोस्