site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधान संशोधनका लागि छलफल गर्न एमाले तयार छ : एमाले सचिव भट्टराई
पर्सा। नेकपा एमालेका सचिव योगेश भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले देशमा समानान्तर सत्ता चलाई संविधानलाई असफल पार्ने खेलमा लागेका कारण उनीबिरुद्ध महाभियोग प्रस्ताव ल्याएको बताएका छन् । 
प्रेस चौतारी नेपाल पर्साले आज शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सात दशकको लामो सङ्घर्ष र हजारौँ नेपालीको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई असफल बनाएर आफैँ प्रधानमन्त्री हुने लोकमानसिंह कार्कीको सपनालाई एमालेले ल्याएको महाअभियोग प्रस्तावले तुहाएको दाबी गरे। 
एमाले पार्टी प्रवक्ता समेत रहेका भट्टराईले संविधान संशोधन र लोकमान प्रकरण छुट्टाछुट्टै विषय भएकाले दुबै मुद्दालाई नमिसाउन माओवादी केन्द्र र काँग्रेसलाई आग्रह गरे । 
उनले एमालेको सहयोग÷सर्मथन बिना संंविधान संशोधन सम्भवनै नभएको र संविधान संशोधनबारे माओवादी केन्द्र वा काँग्रेसले एमालेसँग औपचारिक तथा अनौपचारिक रुपमा कुनै कुरा नै नगरेको आरोप लगाए । 
संविधान संशोधनको विषयमा एमाले पार्टी मधेसवादी दलसँग छलफल गर्न तयार रहेको उनको भनाइ थियो । 
 
वर्तमान संसदीय निर्वाचन प्रणालीबाट कुनै पनि दलको बहुमत आउने सम्भावना नरहेकाले र बहुमतको अभावमा हुने सत्ता परिवर्तनले राष्ट्र विकासमा ठूलो नकारात्मक प्रभाव पर्ने भएकाले अब कार्यकारी राष्ट्र प्रमुखको प्रत्यक्ष निर्वाचन नेपालमा आवश्यक रहेको सचिव भट्टराईले दाबी गरे । 
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । रासस
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro