site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आमिर खान रेस्लिङ खेलाडी फोगतको विवाहमा जाने
काठमाडौं । बलिउड सुपर स्टार आमिर खान भारतीय रजत पदक बिजेता महिला रेस्लिङ खेलाडी गीतासिंह फोगतको विवाहमा जाने दि टाइम्स अफ इन्डियाले जनाएको छ ।
गीतको विवाह भारतकै अर्का रेस्लिङ खेलाडी पवनकुमारसँग नोभेम्बर २० मा हुँदैछ ।
गीता तीनै महाबीर फोगतकी छोरी हुन् आमिर खानले उनको आउँदो फिल्म दंगलमा जसको भूमिका निभाएका छन् ।
बताइए अनुसार आमिर खान तथा दंगलका निर्देशक नितिश तिवारीले फिल्म निर्माण तथा सुटिङको क्रममा महाबिर सिंह फोगत तथा उनका दुई छोरीहरुसँग धेरै पटक अन्तरक्रिया गरेका थिए ।
त्यसैले उनीहरुलाई विवाहमा निम्ता गरिएको हो । समाचार अनुसार आमिर खान तथा नितिश तिवारी दुवैले विवाहमा उपस्थित हुने बाचा गरेका छन् ।
डिसेम्बरमा रिलिज हुने उक्त फिल्म दंगलमा दर्शकले गीता तथा उनकी बहिनी बबिता कुमारीको कथा हेर्न पाउने छन् ।
यो फिल्म महाबीर सिंह फोगतको प्रेरणादायक जीवन यात्रामा आधारित छ, जसमा उनले आफ्ना दुई छोरीहरुलाई तालिम दिएर पदक बिजेता रेस्लिङ खेलाडी बनाउँछन् । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro