विशेष
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका भूकम्पपीडितसँग अनुदान सम्झौता सुरु गरेको छ । उपत्यकाका तार्केश्वर र शंकरापुर नगरपालिकामा तिहार अगावै अनुदान सम्झौता सुरु भएका थियो । यस्तै भक्तपुरमा पनि शुक्रबारदेखि अनुदान सम्झौता सुरु भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय आयोजना कार्यान्वयन इकाइका प्रमुख गणेश वस्तीले जानकारी दिए ।
यस्तै ललितपुरको बज्रबाराही र कार्यविनायक नगरपालिकामा पनि शुक्रबारबाटै सुरु हुने भएको छ । हालसम्म उपत्यकाका ३ जिल्लामा ९४ हजार लाभग्राही छनोट भइसकेको उनले बताए । ९४ हजार लाभग्राहीले तीन लाखका दरले अनुदान पाउने छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३ १०:१६
प्रतिक्रिया दिनुहोस्