खेल
काठमाडौं । पाकिस्तानले वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिज जितेको छ । दुबईको अबुधाबीमा बिहीबार अन्तिम तथा तेस्रो टेस्टमा वेस्ट इन्डिजसँग ५ विकेटले पराजित भए पनि पाकिस्तानले सिरिज २–१ ले आफ्नो पक्षमा पारेको हो ।
अघिल्ला दुई टेस्ट जितेको पाकिस्तान अन्तिम टेस्टमा भने वेष्ट इन्डिजसाग ५ विकेटले पराजय बेहोर्यो । तर, पहिलो टेस्टमा ५६ तथा दोस्रो टेस्टमा १३३ रनले विजयी भएको पाकिस्तानले सिरिज आफ्नो पक्षमा बनएको हो ।
दुबईको सारजाह क्रिकेट मैदानमा पाकिस्तानले दिएको १५३ रनको लक्ष्य वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा पूरा गर्यो । पहिलो पारीमा ३३७ रन बनाएको वेस्ट इन्डिजले दोस्रो पारीमा जितका लागि पाएको १५३ रनको लक्ष्य ४३ ओभर ३ बलमा पूरा गर्यो ।
वेस्ट इन्डिजको दोस्रो पारीमा करिग वार्थवेट र सेन डोवरिचले अविजित ६०–६० रन बनाए । पाकिस्तानका यासिर शाहले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो पारीमा २८१ र दोस्रो पारीमा २०८ रनमा बनाएको थियो ।
यसअघि पाकिस्तानले वेस्ट इन्डिजबिरुद्धको तीन खेलको टि –ट्वान्टी सिरिज क्लिन स्विप गरेको थियो । त्यस्तै पाकिस्तानले ३ खेलको एकदिवसीय क्रिकेट पनि ३–० ले नै आफ्नो पक्षमा बनाएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३ १६:५८
प्रतिक्रिया दिनुहोस्