खेल

काठमाडौं । लामो समयदेखि रोकिएको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता (एमएम कप)को तेस्रो संस्करण वैशाख १३ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिता कोसी प्रदेशको राजधानी विराटनगरस्थित बैजनाथपुर क्रिकेट रंगशालामा वैशाख १३ गतेदेखि २० गतेसम्म हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताले नेपालको क्रिकेट विकासमा टेवा पुग्ने आयोजकको विश्वास छ । यस प्रतियोगिताको पहिलो संस्करण २०७५ सालमा सुनसरीको इनरुवा रंगशालामा भएको थियो ।
प्रतियोगिताको तेस्रो संस्करणमा कुल ६ टोलीको सहभागिता रहनेछ । जसमा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपीएफ रहनेछन् । यस्तै, कोसी प्रदेश, वाग्मती प्रदेशसँगै भारतबाट पनि एक टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२ १३:२२
प्रतिक्रिया दिनुहोस्