site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ। वर्तमान सरकारको प्रमुख साझेदार दल नेकपा ९माओवादी केन्द्र०का तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सामूहिक राजीनामा बुझाएका छन् । 
 
प्रधानमन्त्री ओलीसमक्ष उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आज आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको सामूहिक राजीनामा बुझाएका थिए । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा पुगी उपप्रधानमन्त्री रायमाझीले केन्द्रका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको सामूहिक राजीनामा पत्र बुझाउनुभएको प्रम ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 
 
माओवादी केन्द्रले एमालेसित भएको नौबुँदे र तीनबुँदे भद्र सहमति कार्यान्वयन नभएको भन्दै मङ्गलबार सरकारबाट फिर्ता हुने र आफ्नो नेतृत्वमा प्रमुख प्रतिपक्षी दलका नेपाली काँग्रसको सहयोगमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो । 
 
केन्द्रको पदाधिकारी बैठक र संसदीय दलको बैठकले सरकार अल्पमतमा परेको भन्दै प्रम ओलीलाई राजीनामा दिई मार्गप्रशस्त गर्न आग्रह समेत गरिसकेको छ । केन्द्रले आजै व्यवस्थापिका–संसद् बैठक बस्नुअघि नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने जनाएको छ । 
 
प्रम ओलीको नेतृत्वमा २०७२ साल असोज २४ गते तत्कालीन एनेकपा माओवादी सरकरमा सहभागी भएको थियो । रासस 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७३  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय